संरक्षित वन्यजन्तु निलगाई मारेको आरोपमा कपिलवस्तुमा एक जना पक्राउ परेका छन् । प्रहरीले फरहान खाँनलाई हतियारसहित पक्राउ गरेको छ ।
गएराति १ बजे स्थानीयको सहयोगमा उनी पक्राउ परेका हुन् । स्थानीयको सहयोगमा प्रहरीले मारिएको निलगाईसहित शिवराज नगरपालिका २ का फरहानलाई शिकारको बन्दोबस्तीका सामानसहित नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय कृष्णनगर तथा प्रहरी चौकी उदरपुरको टोलीले उनलाई महाराजगञ्ज ६, सानो बुटहनियास्थित उखुबारीबाट नियन्त्रणमा लिएको थियो । उनको टोली बा. १७ च ८९० नम्बरको हाइलक्स गाडी, यूपी ५५ आर ६१७६ नम्बरको पीकअप, लु.५० प ४१२ नम्बरको मोटरसाइकल तथा एक भारतीय मोटरसाइकल लिएर त्यहाँ पुगेको थियो ।
खानको झोलाबाट प्रहरीले ६ थान गोली, चक्कु र अन्य सामाग्री पनि बरामद गरेको छ । प्रहरीले मरेको निलगाई, शिकारमा प्रयोग भएका सवारी साधन, गोली तथा अन्य सामाग्री गौतमबुद्ध डिभिजन वन कार्यालय, चन्द्रौटामा बुझाएको छ । घटनाको अनुसन्धान सहायक वन अधिकृत पहलमान सेर्बुजा मगरले थालेको छ । साभार : जनआस्था
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया