काठमाडौँ : नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै आजै सरकार ढल्ने खालका वक्तव्यबाजीले मिडिया रङ्गिने र समाजमा ध्वनि प्रदूषण मात्रै बढ्ने काम गरेको बताएका छन्।
सोमवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन्। सांसद थापाले देशमा दुई ठूला दल र अन्य पार्टीहरू मिलेर पालैपालो सरकार चलाउने सहमति गरेर नीति तथा कार्यक्रम ल्याइसकेपछि पनि सरकारविरुद्ध चलखेल भइरहेको बताए। उनले ‘सरकार आजै ढल्छ, भोलि नै ढल्छ, मैले सबै मिलाइसके, अब रहँदैन’ जस्ता झूटा र बकवास निरर्थक सावित भएको जिकिर गरे।
उनले प्रचण्डलाई लक्षित गर्दै कति वटा जिब्रा भएका र झूटो बोल्नसक्ने काबिल नेता मानेर नेपालीले सुनिरहनुपर्ने हो भन्दै प्रश्न गरे।
थापाले भने, ‘आज देशमा बलियो सरकार छ। आजै सरकार ढल्छ, भोलि नै ढल्छ, मैले सबै मिलाइसके, अब रहँदैन जस्ता वक्तव्यबाजीले मिडिया रङ्गिने र समाजमा ध्वनि प्रदूषण हुने क्रम जारी छ तर सरकार अघि बढिरहेको छ। त्यस्ता वक्तव्य र झूटा बकवास निरर्थक साबित भएका छन्। अहोरात्र झूटो बोल्न सक्ने काबिल नेता मानेर कहिलेसम्म सुनिरहनुपर्ने हो ?’
उनले दाहाल नेतृत्वको पछिल्लो २० महिनाको शासन देखिएको जिकिर गरे। उनले त्यति बेला कुशासनका अनेक रूप प्रकट भएको समेत आरोप लगाए। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया