Trending
राजनीति अनेकताभित्र एकता खोज्नु संसदीय व्यवस्थाको सौन्दर्यः शिक्षामन्त्री पन्त समाज तोलाको ३ हजारले बढ्यो सुन राजनीति हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री ओली राजनीति समितिबाट पारित भयो निजामती विधेयक, कुलिङ पिरियड २ वर्ष, महिलाको सेवा प्रवेश अधिकतम उमेर घट्यो समाज मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु समाज तीन दिनदेखि हराएकी युवती जंगलमा मृत फेला राजनीति सगरमाथा संवाद सुरु समाज मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्त्वपूर्ण विशिष्टता : राष्ट्रपति पौडेल राजनीति सरकार उल्टो बाटो हिँड्दैछ, तर हामी ढाल्दैनौँ : प्रचण्ड flash विजयनगरमा पाेषण खाद्य सुरक्षा निर्देशक समिति तथा सराेकारवालासँगकाे बैठक सम्पन्न

शिवगढीका दुई युवाले दिए १ सय ३५ विद्यार्थीलाई शैक्षिक सामग्री

शिवगढी, बैशाख २२ ।

शिवराज नगरपालिका–९, शिवगढीका दुई युवाले सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।

पढाइको शिलशिलामा अस्ट्रेलियामा रहेका युवा इश्वर पुरी र रोजगारीको शिलशिलामा विदेशमा रहेका मनोज घर्ती मगरको पहलमा शिवगढी क्षेत्रका ७ वटा विद्यालयका १ सय ३५ जना विद्यार्थीहरूलाई झोला, कापी, पेन्सिल लगायतका सामग्री वितरण गरिएको हो ।

उनीहरूले गाउँमा रहेका विपन्न परिवारका बालबालिकालाई शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले यो पहल गरेका हुन् । वितरण कार्यक्रम स्थानीय विद्यालयहरूसँग समन्वय गरी  इश्वर पुरी र मनोज घर्तीमगर का बुबाहरु कर्ण बहादुर पुरी र बेगाराम घर्ती मगरको हातबाट बितरण गरी सम्पन्न गरिएको थियो ।

युवा इश्वर पुरीका अनुसार आर्थिक अभावका कारण पढाइमा असर परिरहेका विद्यार्थीहरूलाई सहयोग गर्न सके भविष्यमा उनीहरूबाट समाजले  लाभ लिन सक्नेछ । “हामीले सानो प्रयास गरेका हौँ, तर यसले विद्यार्थीहरूलाई ठूलो प्रेरणा दिन सक्छ भन्ने विश्वास लिएका छौँ,” पुरीले बताए ।

स्थानीय शिक्षक र अभिभावकहरूले युवाहरूको यो सामाजिक उत्तरदायित्वप्रति धन्यवाद दिँदै यस्ता अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउने बताएका छन् ।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP