Trending
flash कपिलवस्तु-३ मा काँग्रेसका शाह विजयी अन्तर्राष्ट्रिय नाबालिगका लागि पोर्न साइट बन्द खेल इङ्ल्याण्डलाई हराउँदै आयोजक भारतले टी- २० विश्वकपको फाइनलमा राजनीति शेखर कोइराला २५ सय मतले पछाडी राजनीति सर्लाही-४ मा गगनभन्दा अमरेश दोब्बर मतले अगाडि flash कपिलवस्तु-३ मा अभिशेष प्रताप शाह ७७१ मतले अग्रस्थानमा कपिलवस्तु क्षेत्र समाज २४ घण्टामा मतगणना सम्पन्न गर्ने तयारी अन्तर्राष्ट्रिय नागरिकको उद्धारका लागि सैन्य उडान र चार्टर उडानको व्यवस्था खेल खेलमा बुधबार दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच प्रतिस्पर्धा अन्तर्राष्ट्रिय पश्चिम एशिया तनाव : खाडीमा रहेका नेपालीको सुरक्षा चिन्ता

चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषय : राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको बताएका छन्।

मंगलबार काठमाडौंमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको छ भन्ने आफैंले अनुभव गरेको बताए।

स्वास्थ्य सेवामा सुधार हुँदा हुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको उनको भनाइ थियो। त्यसको परिणाम चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको जिकिर गरे।

यसलाई रोक्न सम्वद्ध पक्षले उपयुक्त कदम चाल्नुपर्ने उनको सुझाव छ। संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकताको प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको र संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न ध्यान केन्द्रित हुनुपर्ने बताए।

‘नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको छ भन्ने आफैंले अनुभव गरेको कुरा मैले पटक पटक भन्ने गरेको छु । स्वास्थ्य सेवामा सुधार हुँदा हुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको र त्यसको परिणाम चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषय हो । उनले भने, यसलाई रोक्न संवद्ध पक्षले उपयुक्त कदम चाल्नुपर्छ ।’

राष्ट्रपति पौडेलले हाल देशको स्वास्थ्य र शिक्षामा गुणात्मक सुधार भएको टिप्पणी गरे। साथै दक्ष र विज्ञ चिकित्सकहरू नेपालमै उत्पादन हुनु खुशीको विषय उनको भनाइ थियो।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP