Trending
flash शिवगढी सामुदायिक बन उपभोक्ता समुुहको १३औँ साधारण सभा सम्पन्न राजनीति पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अन्तर्राष्ट्रिय बीबीसीले गल्ती स्वीकार गर्दै माफी मागे पनि ट्रम्पले कानुनी कारबाही राजनीति मधेसमा भारतले आन्दोलन भड्काउने काम गर्‍यो : मुख्यमन्त्री यादव राजनीति प्रदेश सरकारले गाँजा खेतीसम्बन्धी नौ प्रकारका इजाजत दिनेगरी विधेयकको तयार राजनीति माओवादीबाट जनार्दन शर्मा, समाजवादीबाट घनश्याम भुसाल लगायतका नेताहरू आफ्नै अभियानमा flash खेलमा अर्जेन्टिनालाई जित दिलाउन लौटारो मार्टिनेज र मेसीले गोल राजनीति दक्षिण कोरियाबाट सञ्चारमन्त्रीले भने, निर्वाचनको वातावरण बनिसकेको छ राजनीति नेपालका लागि चीनका राजदूत छन सङले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न flash विजयनगर गाउँपालिकाकाे नयाँ प्रशासकीय भवनको शिलान्यास

कृष्णनगर ८ मा पक्की सडक निर्माण सुरु

बहादुरगञ्ज, बैशाख २४ ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ स्थित चेकप्वाइन्टदेखि पश्चिम बजारतर्फ जाने सडकको कालोपत्रे तथा आरसीसी निर्माण कार्य आजदेखि सुरु गरिएको छ। सडक निर्माण कार्यको शिलान्यास नगरप्रमुख रजत प्रताप शाहले गर्नुभएको हो।

शिलान्यास समारोहमा बोल्दै नगरप्रमुख शाहले नगरको समग्र विकासमा पालिका सक्रिय रहेको बताउनुभयो। उहाँले वर्षायाममा आवतजावतमा समस्या हुने स्थानीयको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो।

कुल करिब ७८० मिटर लम्बाइको सडक निर्माण गर्न लागिएको हो, जसमा पक्की नालीसहितको आरसीसी तथा कालोपत्रे सडक निर्माण गरिनेछ। नगरप्रमुख शाहका अनुसार परियोजनाको कुल अनुमानित लागत २ करोड ४३ लाख १३ हजार २ सय १४ रुपैयाँ रहेको छ। निर्माण सम्झौता रकम भने १ करोड ६२ लाख ८८ हजार ३ रुपैयाँ रहेको छ।

यस परियोजनाका लागि स्थानीय तहको राजस्व बाँडफाँटबाट १२ लाख ४० हजार, समानीकरण अनुदानबाट ९२ लाख ६० हजार, र प्रदेश समपूरक अनुदानबाट १ करोड ५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

सडक निर्माण कार्य के.बी. इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट प्रा.लि. र एन.बी. कन्स्ट्रक्सन जे.भी. को संयुक्त साझेदारीमा सम्पन्न हुनेछ। निर्माण कम्पनीका व्यवस्थापक मिलन बिकका अनुसार परियोजना तोकिएको समयभन्दा अगावै सम्पन्न गर्ने लक्ष्यसहित काम सुरु गरिएको छ।

प्राविधिक इन्जिनियर विनय गुप्ताका अनुसार २६० मिटर आरसीसी सडक, ५२० मिटर कालोपत्रे सडक तथा दुबैतर्फ ढकनसहितको नाली निर्माण गरिनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP