Trending
flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन

पर्वतका विद्यालयहरूमा प्रहरी पुस्तक कार्यान्वयन

पर्वत : जिल्लाका सात वटै स्थानीय तहका सबमै विद्यालयहरूमा ‘स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क पुस्तक’ कार्यान्वयनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय पर्वको सहकार्यमा स्थानीय तहहरूले निर्माण गरेको पुस्तिका स्थानीय तहहरूमार्फत माध्यमिक तहसम्म सञ्चालित सबै विद्यालयहरूमा कार्यान्वयन भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टले बताए। पुस्तक लागु गर्नका लागि जिल्ला प्रहरी कार्यालयले २०८१ कार्तिकदेखि पुससम्म स्थानीय तहहरूसँग समझदारी पत्रमा हस्ताक्षर गरेको थियो।

आजका बालबालिका नै भोलिका कर्णधार हुने र विकासको पूर्व सर्त नै सुरक्षा भएकोले समुदायका उत्तम नमुनाका रूपमा रहने विद्यालयमा अध्ययनरत बालबालिकालाई सुरक्षाका विविध आयामबारे जानकारी गराउन पुस्तक तयार गरिएको डि.एस.पी विष्टले बताए। सूचना प्रविधिको क्षेत्रमा भएका विकास र उपलब्ध अवसरसँगै थपिएका विकृति र बढ्दो सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सामाजिक सुरक्षाका विविध पाटाहरूका बारेमा सु–सूचित गर्नु कार्यक्रमको मूल लक्ष्य रहेको उनको भनाइ छ।

स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागबाट तयार पारिएको शान्ति सुरक्षाका विविध विषयहरू समेटिएको स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम पुस्तक स्थानीय तहहरुमार्फत् विद्यालयहरूमा उपलब्ध गराइएको छ। समुदाय–प्रहरी साझेदारी अन्तर्गत भौतिक रूपमा धेरै विद्यालयहरूले प्रहरीको प्रशिक्षण लिने मौका पाइसकेका छन्। यस्तो प्रशिक्षणको मौका नपाएका विद्यालयहरूको लागि समेत पुस्तक उपयोगी हुने छ।

पुस्तकमा सामाजिक, शान्ति सुरक्षा र सतर्कता सम्बन्धी विभिन्न विषयहरू समावेश गरिएका छन्। शिक्षकहरू र विद्यार्थीहरूलाई सु–सूचित गर्दै प्रशिक्षण गराइने र त्यसका लागि जिल्लाका सात वटै स्थानीय तहमा प्रहरीले कक्षाहरू सञ्चालन गर्ने छ। प्रहरी नपुगेको अवस्थामा अब विद्यालयका शिक्षकले नै पुस्तक अध्यापन गराएर सुरक्षा सतर्कताको पूर्व तयारी गराउने पाउने छन्।

विद्यालय सम्पर्क कार्यक्रमका मुख्य विषयहरू आधारभूत सुरक्षा सचेतना, सडक सुरक्षा, आकस्मिक नम्बरहरूको प्रयोग, लागुऔषध, मादक पदार्थ र सुर्तीजन्य पदार्थ, साइबर अपराध, बालबालिका तथा यौनजन्य हिंसा दुव्र्यवहार सम्बन्धी जानकारी, सामाजिक विकृति, दाइजो प्रथा, बोक्सी आरोप, विपद् जोखिम न्यूनीकरण, लैङ्गिक हिंसासँग आकर्षित कानुनहरू, एकद्धार सङ्कट व्यवस्थापन केन्द्र लगायत रहेका छन्। यी विषयहरू श्रव्य–दृश्य प्रस्तुति, अभिभावक सम्पर्क र समन्वय कार्यक्रम, बैठक, अन्तरक्रिया, हाते पुस्तिका, पम्पलेट लगायतका माध्यमबाट प्रशिक्षण गर्ने प्रहरीको तयारी छ।

पुस्तिका कार्यान्वयनमा ल्याएको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पुस्तिकामा भएको ज्ञानका बारेमा विद्यार्थीहरूलाई बुझाउँदा र सिकाउँदा उच्च शिक्षाको मार्ग तय गर्न सहयोग मात्र नभई सक्षम, जागरूक र सचेत नागरिकको विकास गर्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह हुने बताए। नागरिकका समसामयिक मुद्दाहरू, सामाजिक विषयहरू, बढ्दो दुर्व्यसनको न्यूनीकरण र साइबर अपराधको न्यूनीकरण लगायतका विषयहरूलाई समेत विद्यालय तहको शिक्षाले यथोचित सम्बोधन गर्न सक्नुपर्ने उनको भनाइ छ।

प्रकाशित विषयवस्तुहरू विद्यालयमा पठनपाठन गरिने नियमित विषयवस्तुका अतिरिक्त थप सिकाइ सहजीकरण सामाग्रीका साथै रमाइलो शुक्रवार कार्यक्रमको अभिन्न अवयवका रूपमा विद्यालयको पाठ्यक्रममा समावेश गरेर शिक्षण सहजीकरण हुने अपेक्षा राखिएको नगरप्रमुख जोशीले बताए।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP