Trending
flash सन्तरामको आँगनमा फक्रिएको शिक्षा flash मनसुनसहित तीन वायु थप सक्रिय, आज यी ६ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना  flash रक्त बेचविखनको विरोधमा स्वयंसेवी आवाज flash भारतको अहमदाबादमा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो अन्तर्राष्ट्रिय कंगोमा डुङ्गा डुब्दा कम्तीमा ५४ जनाको मृत्यु राजनीति प्रचण्डले भने : जनार्दनलाई पार्टी छोड्न भनेको छैन राजनीति शिक्षा मन्त्रालयको प्रस्ताव : एसईई नहटाऔं, तर प्रदेशबाट सञ्चालन गराैं राजनीति कानून नबन्दा १७ हजार विद्यालय बन्द हुने अवस्थामा : चन्द्र भण्डारी शिक्षा कामपाको ‘विवाद’ सुल्झिदै : कहिले, कस्तो आउला नीति तथा कार्यक्रम र बजेट ? राजनीति पत्रकारविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गर्नु दुःखद : सांसद रिजाल

सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरूको आक्रोश, सरकारले बेवास्ता गरेको आरोप

 

काठमाडौं : सगरमाथा संवादमा सम्बन्धित संसदीय समितिका सदस्यहरूलाई उपस्थिति नगराइएको भन्दै सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

सोमवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै सांसदहरूले सगरमाथा संवादमा सम्बन्धित समितिका सदस्यहरूलाई नबोलाइएको भन्दै आपत्ति जनाएका हुन्।

समितिका तीन जना सदस्यहरूलाई बोलाइएको जानकारी सभापति कुसुमदेवी थापाले दिएसँगै उनीहरूले सभापति थापाले आफूलाई मनपर्नेलाई बोलाएर संवादमा सहभागी जनाएको बताइन्। समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद सरस्वती सुब्बाले एउटा प्रतिनिधि सभाको १० वटा विषयगत समितिमध्ये कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सगरमाथा संवादका लागि हकदार समिति हुँदा पनि किन तीन जना सांसदहरूलाई मात्रै बोलाएको भन्दै आपत्ति जनाइन्। उनले सगरमाथा संवादका लागि अर्को हकदार समिति पूर्वाधार विकास समिति भएपनि त्यहाँबाट समेत सांसदहरू नबोलाइएको गुनासो गरिन्।

समितिको बैठकमा बोल्दै समिति सभापति कुसुमदेवी थापाले सगरमाथा संवादमा पनि वन मन्त्रालयलाई पटक पटक सामेल गराउन आग्रह गर्दा समेत सरकारले चासो नदेखाएको बताइन्। उनले धेरै पटकको आग्रहपछि मात्रै सरकारले समितिबाट तीन जना सहभागी हुनसक्ने जानकारी गराएको बताइन्।

समितिको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले सगरमाथा संवादका क्रममा सभापति थापाले आफूलाई मन परेको व्यक्ति छानेर सहभागी गराएको आरोप लगाइन्। उनले सगरमाथा संवाद आयोजनामा छिमेकी राष्ट्रका उच्च तहका पदाधिकारीहरू सहभागी नहुनुले नेपालको स्तर मापन भएको बताइन्। कामको जिम्मेवारी वहन गर्न नसकेको भन्दै सभापति थापाको राजीनामा माग गरिन्।

समितिको बैठकमा सभापति थापाले रुलिङ गर्न नसकेको र समितिको नेतृत्व गर्न नसकेको आरोप लगाएपछि सभापति थापाले सांसद कठायतसँगै सिक्नुपर्ने टिप्पणी गर्नुभयो। जवाफमा सांसद कठायतले आफूबाट सिक्न आग्रह गरिन्।

समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद सम्झना थपलियाले सगरमाथा संवादबारे सांसदहरूसँग छलफल नै नगरी सभापति थापाले निर्णय गरेको भन्दै आपत्ति जनाइन्। उनले सगरमाथा संवादका क्रममा समिति सदस्यहरू छनौट गर्दा कुन प्रक्रिया अपनाइएको हो ? भन्दै प्रश्न गर्नुभयो।

उनले पारदर्शी रुपमा समितिका निर्णयहरू हुनुपर्ने बताउनु भयो। समितिको बैठकमा सांसदहरूले समितिको वार्षिक प्रतिवेदनमाथि असन्तुष्टि जनाए। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले समितको प्रतिवेदनमा सबै आदेश मात्रै रहेको र कामै नलाग्ने भएको बताएपछि एमाले सांसद सुब्बाले काम नलाग्ने भए आगो लगाइदिनुपर्ने बताइन्। जवाफमा सभापति थापाले समितिको वार्षिक प्रतिवेदन समितिका ३९ वटा बैठकको पुँजी भएको र कोही सदस्यहरूलाई मन नपरेको भए जलाउन सक्ने जवाफ दिइन्।    थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP