काठमाडौँ : राष्ट्रियसभा सांसद घनश्याम रिजालले पत्रकारविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गर्नुले प्रेस काउन्सिलको क्षेत्राधिकार मिचिएको टिप्पणी गरेका छन्।
अदालतले नै पक्राउ पुर्जी जारी गर्नु र प्रकाशित/प्रसारित समाचार हटाउन र समाचार नलेख्न दिएको अल्पकालीन आदेश दिनु दुःखद भएको बताएका हुन्। उनले अदालतको आदेशले क्षेत्राधिकार मिचिएकाले यस्ता विषयमा राज्यका अंग र निकायहरू आ-आफ्ना क्षेत्राधिकारबारे स्पष्ट हुनुपर्ने समय आएको स्पष्ट पारे।
सांसद रिजालले राज्यका अंग र निकायहरूको क्षेत्राधिकारमा कानूनी अस्पष्टता भए तत्काल कानुनी स्पष्टता खोज्नुपर्ने र त्यसमा व्यवस्थापिकाले सरकारलाई सघाउने दाबी गरे।
रिजालले भने, ‘यही जेठ २७ गते मंगलबार काठमाडौँ जिल्ला अदालतले नेपाल खबर डटकम र बिजमाण्डु डटकममा प्रकाशित समाचार हटाउन र यस्ता समाचार नलेख्न अल्पकालीन आदेश दिएको छ। २८ गते बुधबार अदालतले नै पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको छ। अदालतले जुन विषयमा आदेश र अनुमति दियो त्यसले प्रेस काउन्सिलको क्षेत्राधिकार मिचिएको भन्दै बहस र आलोचना भइरहेको छ।’
उनले पत्रकारलाई समाचार प्रकाशन र प्रशारण गरेकै भरमा साइबर कानून लगाउनु संविधानविपरीत भएको दाबी गरे। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया