Trending
राजनीति वामदेवको दावी : मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन राजनीति हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि म पहल गर्छु : प्रचण्ड राजनीति सबै प्रकारका यातायातका साधनको नियमन एउटै निकायबाट गरौँ : सोविता गौतम समाज बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै शिक्षा शिक्षक महासंघका अध्यक्ष सुवेदीले भने-२५ प्रतिशत युवाका लागि ठाउँ छाडेका छौँ राजनीति कार्यान्वयन हुन नपाउँदै अध्यागमनमा कर्मचारी खटाउने मापदण्ड परिवर्तन गर्ने चलखेल समाज २०८१/०८२ मा २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटना : २ हजार ५ सय ४९ जनाको मृत्यु समाज बर्दघाट सुस्ता पूर्व दूधमा आत्मनिर्भर राजनीति नेपालले आफ्नो सामर्थ्यअनुसार विकास गरिरहेको छ : प्रधानमन्त्री ओली राजनीति कलंकी–सातदोबाटो चक्रपथका कमजोरी नयाँ बन्ने क्षेत्रमा नदोहोरियोस्ः समिति सभापति सिंह

मनसुनसहित तीन वायु थप सक्रिय, आज यी ६ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना 

 

काठमाडौँ

हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको भइरहेको छ ।

आज दिउसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा साथै मधेस प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा वर्षासहित हिमपातको समेत सम्भावना रहेको छ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको धेरै स्थानहरू, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको थोरै स्थानहरूमा तथा मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

कोशी प्रदेशको थोरै स्थानहरूमा तथा मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।  बुटवल टुडे

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP