Trending
flash विजयनगरमा स्वास्थ्य चौकी सुदृढीकरणका लागि सामग्री सहयोग अन्तर्राष्ट्रिय प्रदर्शनकारीबीच भएका हिंसात्मक झडपमा परी ५ सयभन्दा बढी व्यक्तिको मृत्यु खेल रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो सुपर कप समाज जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु समाज नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै नेपाली सेना flash कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र २७ पुस, काठमाडौंमा सुरु राजनीति देउवाले भने-पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन राजनीति विशेष महाधिवेशन पक्षको पत्रकार सम्मेलन flash जुवा तास खेलिरहेको अवस्थामा ६ जना जुवाडेलाई प्रहरीले पक्राउ flash डढेलो नियन्त्रण गर्न बन झाडी सफाई

देशको बृहत्तर हित गर्न एमाले र कांग्रेसबीच सहकार्य भइरहनुपर्छ : प्रदीप ज्ञवाली

 

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको राजनीतिक स्थायित्व र विकासका एमाले र नेपाली कांग्रेसबीच सहकार्य आवश्यक भएको बताएका छन्।

प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी दल भए पनि मुलुकको बृहत्तर हितका लागि द्विदलीय साझेदारी आवश्यकयक भएको बताए।

“कांग्रेस र हामी मुख्य प्रतिस्पर्धी दल पनि हौँ। लोकतन्त्रका ‘स्टेक होल्डर’ पनि हौँ”, उनले भने, “प्रतिस्पर्धा र सहकार्य सँगसँगै गर्छौँ। हामीबीच सहकार्य आवश्यक छ।” उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि निजी क्षेत्रमा आशा बढेको र रोकिएका विकासका काम अगाडि बढेको बताए।

उपमहासचिव ज्ञवालीले संविधान समयअनुसार लचिलो बनाउन परिमार्जन आवश्यक रहेको बताए। उनले सबै वामपन्थी दलबीच एकता हुनुपर्नेमा जोड दिए।

एमाले निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले लोकतान्त्रिक विधिअनुसार निर्वाचनमा प्रतिस्पर्धा हुनुपर्ने बताए। एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले न्यायालयप्रति जनविश्वास बढाउनेतर्फ हरेक पार्टी कार्यकर्ताले काम गर्नुपर्ने धारणा व्यक्त गरे।

सङ्गठनका अध्यक्ष भोजराज आचार्यले पार्टीलाई कानुनसम्बन्धी सहयोग सङ्गठनबाट उपलब्ध हुँदै आएको बताए। सम्मेलनले नयाँ कार्यसमिति चयन गर्नेछ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP