Trending
flash कपिलवस्तु-३ मा नेकपा उम्मेदवार एहसान अहमद खाँका १० प्रतिबद्धता सार्वजनिक समाज आज विश्व रेडियो दिवस राजनीति प्रतिनिधिसभा सदस्य चुनावका लागि मतपत्र छपाइ अन्तिम चरणमा अन्तर्राष्ट्रिय अमेरिकी सिनेट गृह सुरक्षा विभागको बजेट विधेयक अघि बढाउन असफल समाज पेस्तोल र त्यसको चार राउण्ड गोलीसहित आज एकजना पक्राउ खेल आईसीसी पुरुष टी–ट्वेन्टी विश्वकपअन्तर्गत आज तीनवटा खेल हुँदै समाज ट्याक्टरको रोटाभेटरमा परेर दुई बालिकाको मृत्यु अन्तर्राष्ट्रिय अमेरिकाले भन्यो– बंगलादेश र नेपालका निर्वाचन दक्षिण एसियामा ‘नयाँ अवसर’ राजनीति ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आउँदै समाज तोलामा तीन हजारले घट्यो सुन

कसरी आयो रसुवामा ठूलो बाढी ?

 

सरस्वती अधिकारी

काठमाडौँ : रसुवामा आएको बाढी वर्षाको कारण उत्पन्न नभएको प्रारम्भिक अनुमान गरिएको छ। ‘प्रारम्भिक रुपमा यस बाढी वर्षाको कारण उत्पन्न भएको देखिंदैन’‚ जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले भनेको छ।

लेन्दे नदीमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ। नेपाल क्षेत्रमा ठूलो पानी नपरेकाले एक्कासि कसरी बाढी आयो भन्ने आशंकाका बीच मौसम पूर्वानुमान महाशाखाले तिब्बत क्षेत्रबाट एक्कासि ठूलो बाढी प्रवेश गरेको देखिएको जनाएको छ।

बाढी आउने गरी पानी परेको छैन

रसुवागढी नाकाबाट केही तल रसुवा–टिमुरेस्थित जलविद्युत् आयोजनाबाट प्राप्त स्वचालित जलमापन केन्द्रका अनुसार बिहान ३ बजेर १० मिनेट जाँदा उक्त स्थानमा जल सतह एक्कासि करिब ३.५ मिटर बढेको थियो।

नाकाबाट करिब १३ किलोमिटर तल रहेको विभागको रसुवा स्थित स्याफ्रुबेसी स्वचालित जलमापन केन्द्रमा बिहान साढे तीन बजे बहाव एक्कासि बढेर ३.६५ मिटर रहेको थियो। विभागले जनाएअनुसार ३ बजेर ४० मिनेटतिर ५.३७ पुगेको र त्यसपछि केन्द्र नै बगाएर तथ्यांक सम्प्रेषण नै बन्द भएको छ।

गएको चौबीस घण्टामा ठूलो बाढी आउने गरी पानी नपरेको मौसमविद्हरुले बताएका छन्। ‘नेपाल–चीन सीमाबाट नजिकमा रहेका रसुवास्थित क्याञ्जिङ मौसम केन्द्र र रसुवास्थित धुन्चे मौसमी केन्द्रमा फाटफुट मात्र बर्षा मापन भएको छ’ विभागले भनेको छ।

विश्व मौसम संगठनको फ्लास फ्लोड गाइडेन्स सिस्टमअनुसार पनि भोटेकोशी जलाधार क्षेत्रमा २४ घण्टामा पानी परेको देखिंदैन।

हिमताल फुटेको आशंका

चीनमा ठूलो वर्षा भएको, बाँध वा हिमताल फुटेर बाढी आएको हुनसक्ने आशंका पनि गरिएको छ। भोटेकोशी नदी जलाधारअन्तर्गत तिब्बतको क्षेत्रमा थुप्रै हिमताल अवस्थित छन्।

जलवायु विज्ञ डा. धर्मराज उप्रेती हिमताल विस्फोट भएको हुनसक्ने बताउँछन्। ‘स्याटेलाइटको पछिल्लो अवस्था हेर्दा त्यहाँ माथिल्लो जलाधारको ठूलो पानी परेको वा पानी पर्ने सम्भावना भएको देखिंदैन, हिमताल विस्फोटको केही घटना हो कि भनेर शंका गर्ने ठाउँ छ’‚ उनले भने ।

चीनबाट आएको हुनाले माथिल्लो जलाधारमा सानो भए पनि हिमताल विस्फोट भएर बाढी आएको हुनसक्ने उनले बताए। बादल फाटेको पनि हुनसक्छ तर यसले सानो ठाउँमा क्षति पुग्न सक्ने अवस्था औंल्याउँदै डा. उप्रेतीले प्रारम्भिक रिपोर्टहरूले हिमताल विस्फोट भएरै बाढी आएको अनुमान गर्न सकिने बताए।

‘कुनै हिमताल विस्फोट भएर नदी थुनिएर पछि अगाडि बढेको र त्यसले गर्दा बाढी आएको हो कि भन्ने देखिन्छ’‚ उनले भने‘ ‘हल्ला गरिएजस्तो तातोपानीबाट आउने भोटेकोशीमा बाढी आएको पनि होइन।’

पूर्व सूचना दिइएन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्ष मनसुनजन्य विपद्‌बाट देशभर झन्डै २० लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ मा ४ लाख ५७ हजार १ सय ४५ घरपरिवार जोखिममा पर्ने आँकलन गरी पूर्व सूचना जारी गरिएको छ। तर सरकारले विपद्जन्य परिस्थितिको प्रतिकार गर्ने गरी पूर्व तयारी गर्न नसकेको विज्ञ बताउँछन् ।

सामान्यतया सिन्धुपाल्चोक र रसुवा जिल्लालाई तिब्बती क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना भएपछि पूर्व सूचना दिने गरिएको छ। ‘पहिले सूचित गराइए पनि योपटक पूर्व सूचना दिइएको छैन भन्ने कुरा आएको छ, यकिन भएको छैन‘, डा. उप्रेतीले भने‚ ‘तथापि दुई देशबीच विषम परिस्थितिका घटनाहरू वा विपद्‌जन्य अवस्था आउन सक्ने देखिए पूर्व सूचना आदानप्रदान गर्ने र जुन देशबाट यस्ता परिस्थिति सिर्जना हुनसक्ने देखिन्छ, त्यस देशले सूचना दिन आवश्यक छ।’

मौसम विज्ञान विभागले भने अहिले पानीको बहाव घट्दो क्रममा रहेको जनाएको छ। तथापि जोखिम कायमै रहेको भन्दै अलर्ट जारी गरिएको छ ।

बेपत्ताहरूको खोजी जारी

बाढीले व्यापक क्षति पुगेको प्रारम्भिक जानकारी आएको अधिकारीहरूले बताएका छन्। प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार आज बिहानै करिब ३ बजेतिर लेदोसहितको बाढी आएको थियो। बाढीले सुक्खा बन्दरगाहमा रहेका गाडीहरू बगाएको थिए।

रसुवागढीमा नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ भने टिमुरे सुक्खा बन्दरगाह र केही हाइड्रो पावरमा पनि क्षति पुगेको बताइएको छ। बाढीमा गोसाइँकुण्ड गाउँपालिका–२ मा बाढीमा फसेकाहरूको उद्धार गर्न गएका ३ जना नेपाल प्रहरीसहित १८ जना बेपत्ता भएका छन्।

उनीहरूको खोजीमा प्रहरी, सशस्त्र प्रहरीसहित नेपाली सेनाको टोली हेलिकप्टर सहित खटिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। बाढीले रसुवागढी नाकामा रहेको मितेरी पुल बगाउँदा नेपाल–चीन सम्पर्क विच्छेद भएको छ।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP