Trending
flash कपिलवस्तु-३ मा काँग्रेसका शाह विजयी अन्तर्राष्ट्रिय नाबालिगका लागि पोर्न साइट बन्द खेल इङ्ल्याण्डलाई हराउँदै आयोजक भारतले टी- २० विश्वकपको फाइनलमा राजनीति शेखर कोइराला २५ सय मतले पछाडी राजनीति सर्लाही-४ मा गगनभन्दा अमरेश दोब्बर मतले अगाडि flash कपिलवस्तु-३ मा अभिशेष प्रताप शाह ७७१ मतले अग्रस्थानमा कपिलवस्तु क्षेत्र समाज २४ घण्टामा मतगणना सम्पन्न गर्ने तयारी अन्तर्राष्ट्रिय नागरिकको उद्धारका लागि सैन्य उडान र चार्टर उडानको व्यवस्था खेल खेलमा बुधबार दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच प्रतिस्पर्धा अन्तर्राष्ट्रिय पश्चिम एशिया तनाव : खाडीमा रहेका नेपालीको सुरक्षा चिन्ता

विजयनगरमा मन्त्री ढकालले भने : ‘बाटो बन्छ, ढुक्क हुनुहोस्’

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, २४ असार ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले विजयनगर गाउँपालिकामा त्रिपालनगरदेखि जगदीशपुर-पत्थरदेइया हुँदै झिँगहासम्मको सडक अवलोकन गरेका छन् । उनले बहुवर्षीय याेजना अन्तर्गत यसैे वर्षदेखि प्रक्रियामा गई कालाेपत्रे सडक निर्माणकाे काम सुरु हुने भन्दै स्थानीय नागरिकलाई विश्वस्त हुन आग्रह गरे ।

मंगलबार मन्त्री ढकालले स्थानीयसँग कुरा गर्दै भने, “बाटो बन्छ, ढुक्क हुनुहोस् । २ महिना ढिलाे हुन सक्छ तर काम सुरु हुन्छ” । स्थानीय विकास र बुनियादी पूर्वाधारका क्षेत्रमा प्राथमिकता दिएर काम अगाडी बढाउने बताए । मन्त्री ढकालले कालाेपत्रे सडकको निर्माण प्रक्रियामा तीव्रता ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले गाउँपालिकाकाे एउटा मुख्य बाटो भएकाे बताउँदै वर्षाैदेखि समस्या झेल्दै आएका नागरिकलाई बाटाे निर्माण पश्चात् सहज हुने बताए । मन्त्रीकाे अवलोकनले स्थानीय बासिन्दामा आशा र उत्साह थपिएको बताए । अध्यक्ष थापाले मन्त्रीको सकारात्मक धारणा आएकाे बताए ।

उनले गाउँपालिकाकाे निकै पहल पश्चात् बाटाे बन्ने काम निश्चित भएको बताए । सडकको विकासले यस क्षेत्रको आर्थिक विकासमा पनि महत्वपूर्ण योगदान पुर्‍याउने अध्यक्ष थापाकाे भनाइ छ । यसै क्रममा गाउँपालिकाकाे ऐतिहासिक र पर्यटकीय हिसाबले प्रचुर सम्भावना बाेकेकाे शंकपुर तालकाे समेत अवलोकन गरिएको उनले बताए ।

अवलाेकन टीममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी, ४ का वडा अध्यक्ष तिलकराम कँडेल, कार्यापालिका सदस्य टंक बहादुर सुनार, समाजसेवी गाेकर्ण प्रसाद सापकोटा, ताैलेश्वर खटिक, पत्रकार राम प्रघट काेरी लगायतकाे सहभागीता थियोे ।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP