कृष्णनगर १ का महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल

कृष्णनगर, २४ असार ।

कपिलवस्तुकाे कृष्णनगर नगरपालिकाकाे १ नम्बर वडा कार्यालय शिवानगरले महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेकाे छ । गाउँघरमा नागरिकलाई सेवा प्रवाहका लागि वडाले छुट्याएको प्राेत्साहन कार्यक्रम अन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई मंगलबार  साइकल उपलब्ध गराएको वडा सचिव किरण श्रीवास्तवले जानकारी दिइन् ।

स्वास्थ्य सेवा प्रवर्द्धन गर्न सहायता पुर्‍याउने उद्देश्यले वडाभित्रका १० स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएकाे वडा अध्यक्ष तुङ्गनाथ चाैधरीले बताए । उनलेे महिला स्वास्थ्य स्वयंसेविकाहरू हाम्रो समाजमा एक महत्वपूर्ण भूमिका खेलेकाे बताउँदै उनीहरूको मेहनत र समर्पणले हजारौं परिवारलाई स्वास्थ्य सेवामा पहुँच पुगेकाे बताए । यो साइकल वितरण कार्यक्रमले उनीहरूको यात्रालाई सजिलो बनाउनेछ र स्वास्थ्य सेवाको प्रभावकारी प्रवाहमा योगदान पुर्‍याउने उनको भनाइ छ ।

यो कार्यक्रमले स्वास्थ्य सेवाका क्षेत्रमा महिला सशक्तीकरणको महत्वलाई रेखाङ्कित गर्दै नारीको भूमिका अझ बलियो बनाउने प्रयासको हिस्सा भएको भन्दै सबैले सराहना गरेका छन् ।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP