काठमाडौं : जापान सरकारले मानव संसाधन विकास छात्रवृत्ति परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ५४ करोड १० लाख नेपाली रुपैयाँ बराबरको ५७ करोड २० लाख जापानी येन अनुदान सहायता प्रदान गर्ने निर्णय गरेको छ।
नेपालका लागि जापानका राजदुत मैदा तोरु र अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले बुधवार अर्थ मन्त्रालयमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। जेडीएसले नेपालका युवा सरकारी अधिकारीहरूलाई प्रतिष्ठित जापानी विश्वविद्यालयहरूमा दुई वर्षे मास्टर डिग्री कोर्स र तीन वर्षे डक्टरेट स्तरको कोर्सहरूको लागि छात्रवृत्ति प्रदान गर्दछ।
जापान सरकारले कुल १८७ नेपाली सरकारी अधिकारीहरूलाई स्वीकृत गरेको छ। छनोट प्रक्रिया सफलतापूर्वक पार गरेका थप २२ अधिकारीहरूले यस वर्ष अगस्टमा जापानमा आफ्नो अध्ययन शुरु गर्नेछन्।
जेडीएसका पूर्व विद्यार्थीहरूले नेपालको सामाजिक–आर्थिक विकासमा संलग्न हुने, नेपाली सरकारमा नेतृत्वदायी पद ग्रहण गर्ने र यसरी जापान र नेपाल सरकार र जनताबीचको सहकार्यमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया