Trending
flash विजयनगरमा स्वास्थ्य चौकी सुदृढीकरणका लागि सामग्री सहयोग अन्तर्राष्ट्रिय प्रदर्शनकारीबीच भएका हिंसात्मक झडपमा परी ५ सयभन्दा बढी व्यक्तिको मृत्यु खेल रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो सुपर कप समाज जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु समाज नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै नेपाली सेना flash कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र २७ पुस, काठमाडौंमा सुरु राजनीति देउवाले भने-पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन राजनीति विशेष महाधिवेशन पक्षको पत्रकार सम्मेलन flash जुवा तास खेलिरहेको अवस्थामा ६ जना जुवाडेलाई प्रहरीले पक्राउ flash डढेलो नियन्त्रण गर्न बन झाडी सफाई

विजयनगर गाउँपालिकाकाे बजेट र कार्यक्रम सर्वसम्मत पारित 

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, २६ असार ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिकाको दाेस्राेे गाउँसभाकाे साताैँ अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाकाे सभाहलमा बिहिबार सम्पन्न भएको अधिवेशनबाट आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ करोड ९३ लाख ५६ हजार ७ सय २७ रूपैयाँको बजेट र कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजालले जानकारी दिए ।

गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीद्वारा दाेस्राे बैठकको क्रममा गाउँसभामा पेस भएको विनियोजन ऐन-२०८२ र आर्थिक ऐन-२०८२ का प्रस्तुत प्रस्ताव पारित गरिएको छ । त्यस्तै आर्थिक वर्ष २०८१/०८२ का न्यायिक समितिको प्रतिवेदन पनि सभामा प्रस्तुत गरिएको थियोे ।

उपाध्यक्ष चाैधरीले गाउँपालिकाको विकास र समृद्धिमा सबैले सशक्त भूमिका निभाउन आग्रह गरिन् । उनले कार्यकारी र स्थानीयहरूको सहकार्यमा गाउँपालिकाको वृद्धि र विकासलाई थप गति दिइने विश्वास व्यक्त गरिन् ।

यस्तै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले गाउँसभालाई सम्बाेधन गर्दै पारित बजेट र कार्यक्रमलाई कार्यान्वयनमा जाेड दिए । उनले समग्र गाउँपालिकाकाे विकासका लागि आवश्यकता अनुसार बजेट पारित भएको बताए ।

अध्यक्ष थापाले शिक्षा, स्वास्थ्य, कृषि र भाैतिक पुर्वाधार विकासलाई प्राथमिकतामा राखिएकाे बताए । समृद्ध गाउँपालिका बनाउने हिसाबले लागेको बताउँदै चाैतर्फी विकासमा समानुपातिक ढंगले अगाडी बढेकाे उनलेे  जिकिर गरे ।

गाउँपालिकाले सभाबाट उत्कृष्ट कार्यसम्पादन गर्ने ८ जना कर्मचारी र गाउँपालिकाको विकासका गतिविधिहरूमा महत्वपूर्ण योगदान गर्ने २ पत्रकारलाई समेत सम्मान गरिएको छ । कर्माचारीतर्फ नगदसहित सम्मानित हुनेमा हरिहर बेल्बासे, काेशिल्या घिमिरे, सुरेश बस्याल, किरन तामाङ, अनिल सापकोटा, प्रेम कुमारी पठाक, साबित्रा सुनार, राजेश प्रसाद पासी रहेका छन् ।

त्यस्तै पत्रकारतर्फ राष्ट्रिय दैनिक गाेरखापत्रका संवाददाता जानु र बुटवल टुडेका संवाददाता राम अवतार चाैधरीलाई नगद सहित सम्मान गरिएको छ ।

 

 

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP