६७ जिल्ला साक्षर घोषित : प्रधानमन्त्री ओली

 

 

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले हालसम्म ६७ जिल्ला साक्षर घोषणा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा बुधवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जुम्ला, मुगु र हुम्लालाई पनि साक्षर जिल्ला घोषणा गरिएपछि संख्या ६७ जिल्ला पुगेको बताए।

उनले भने,‘साक्षर घोषित जिल्लाको सङ्ख्या अब ६७ पुगेको छ, यसै अवधिमा सुदूरपश्चिम पनि साक्षर प्रदेश घोषणा भएको छ।’ उनले यस वर्ष माध्यमिक तहको खुद भर्नादरमा १.७ प्रतिशतले वृद्धि भई ५९.६ प्रतिशत पुगेको पनि जानकारी दिए।

उनका अनुसार कक्षा- ८ पूरा गर्नेको दर १.७ प्रतिशतले वृद्धि भई ८२ प्रतिशत पुगेको छ। उनले हालसम्म विभिन्न ३३ मातृभाषाका पाठ्यक्रम तथा नमुना पाठ्यपुस्तक विकास गरिएको जानकारी दिँदै यसरी संविधान प्रदत्त मातृभाषामा शिक्षा पाउने हकको सम्बोधन गरिँदै लगिएको पनि बताए।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP