Trending
समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता समाज दुर्घटना, डुबान र अपराधले थलिएको सुनसरी

कपिलबस्तु अस्पतालमा डेंगु परिक्षण गर्ने किट सहयोग


नारद कोहार
कपिलबस्तु, भाद्र २८
डेंगुको संक्रमणले महामारी फैलिरहेका बेला कपिलबस्तु नगरपालिका वडा नं। १ ले कपिलबस्तु अस्पतालमा डेंगु परिक्षण गर्ने किट हस्तान्तरण गरेको छ ।
डेंगु नियन्त्रण गर्ने उद्देश्यले कपिलबस्तु नगरपालिका वडा नंं १ले अस्पताललाई २ सय थान डेंगु परिक्षण गर्ने किट हस्तान्तरण गरिएको हो ।
मुलुकका अधिकांस भागमा डेंगुको संक्रमीत बिरामी देखिरहेका बेला कपिलबस्तु अस्पतालमा डेंगु परिक्षण गर्ने किट सहयोग गरेका कपिलबस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले बताउनुभयो ।


डेंगु रोकथम गर्न नगरभित्रका गाँउ र स्कुलमा विभिन्न किसिमका जनचेतना मुलक कार्यक्रम गरिरहेको प्रमुख सिंहले बताउनुभयो ।
जिल्ला जो कोही बिपन्न गरिबलाई डेंगुको लक्षण देखा परेको कपिलबस्तु अस्पतालमा आई निःशुल्क रुपमा चेक जाँच गरउना सकिने वडा नं। १ का वडा अध्यक्ष सुदीप पौडेलले बताउनुभयो । नगरभित्र रहेका सबै नालीहरुमा औषधी छरकने कार्य भईरहेको अध्यक्ष पौडेलले बताए ।
देशका सबै अस्पतालहरुमा डेंगुका बिरामीले भरिभराउ हुंदा जिल्ला जनस्वास्थ्य कार्यालय कपिलबस्तु संग भने अहिले सम्म १ जनको तथ्यांक रहेको छ । प्रमुख भगतका अनुसार औपचारीकरुपमा १ जनाको तथ्यांक जिल्ला जनस्वास्थ्य कार्यालयमा आएको बताए ।
उनका रामजमार्गमा बस्ने नागरिकले प्रदेशिक अस्पतालमा उपचार गर्न गएकाले तथ्यांक संकलन गर्न गह्रो भएको बताए ।
किट हस्तान्तरण कार्यक्रममा कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विमलराज आचार्य, वडा नं। ७ का वडा अध्यक्ष धर्मत्मा माणी त्रिपाठी डा गंगाराम यादव, रत्नाकर शुक्ला लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP