आवासीय छात्रवृत्ति कानुनमा भन्दा पनि नियमावलीमा राखौँ : शिक्षामन्त्री पन्त

 

काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पूर्ण छात्रवृत्तिको आवासीय व्यवस्था बारेमा कानुनमा भन्दा पनि नियमावलीमा व्यवस्थित गरेर राख्नुपर्ने माग गरेका छन्।

आज बसेको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उनले यस्तो आग्रह गरेका हुन्। उनले भने,‘पूर्ण छात्रवृत्तिको आवासीय बारेमा कानुनमा भन्दा पनि नियमावलीमा व्यवस्थित गरेर छाड्नु राम्रो, कानुनमा राख्नुपर्छ भन्ने म ठान्दिन।’

यतिखेर शिक्षा विधेयकमाथि समितिमा छलफल भइरहेको छ। आज शिक्षा विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ।  थाहा खबर

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP