Trending
flash भारतबाट अवैध रूपमा ल्याइएका १ हजार ५ सय चल्ला बरामद flash नागरिक यात्रुको गुनासो र समस्या तत्काल सम्बोधन गर्न यात्रु सहायता कक्ष स्थापना flash राकेश यादवले दिए कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ

ट्रम्पले कडाइका साथ ग्रीन कार्ड पुनरवलोकन गर्न निर्देशन

 

अमेरिकाले १९ देशका नागरिकले पाएको ग्रीनकार्ड पुनरवलोकन गर्ने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा सुरक्षाको दृष्टीले संवेदनशील मानिएका १९ देशका सबै नागरिकलाई दिइएको ग्रीन कार्ड पुनः कडाइका साथ जाँच गर्न लागेको हो।

बुधबार राजधानी वाशिङ्टन डिसीमा नेशनल गार्डका सुरक्षाकर्मीहरूमाथि गोली चलेपछि ट्रम्पले कडाइका साथ ग्रीन कार्ड पुनरवलोकन गर्न निर्देशन दिएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। यो घटनामा सन् २०२१ मा अमेरिका छिरेका अफगानी नागरिकको संलग्नता रहेको बताइएको छ। अमेरिकी नागरिकता तथा अध्यागमन सेवा (युएससीआईएस) का निर्देशक जो एड्लोले राष्ट्रपति निर्देशअनुसार सम्बन्धित देशका सबै विदेशी नागरिकका ग्रीन कार्ड पूर्णरूपमा पुनः परीक्षण गर्न आदेश दिइएको बताएका छन् ।

यूएससीआईएसले जुन महिनामा जारी गरिएको राष्ट्रपतिको घोषणामा सूचीकृत १९ देशलाई ‘सुरक्षाका दृष्टिले संवेदनशील देश’का रूपमा उल्लेख गरिएको जनाएको छ। ग्रीन कार्ड जाँच हुने देशहरूमा अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गुएना, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान, यमन, बुरुण्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला रहेको सीएनएनले जनाएको छ।

वासिङ्टनको गोलीकाण्डमा संलग्न आरोपी रहमान उल्लाह लाकानवाल एक अफगान नागरिक भएको पहिचान सार्वजनिक भएपछि प्रशासनले आप्रवासन नियन्त्रण थप कडा बनाएको हो।  थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP