श्रीलंकामा ‘दितवा’ नामको तूफानका कारण भिषण वर्षासँगै आएको बाढीपहिरोबाट कम्तिमा १३२ जनाको मृत्यु भएको छ । १७६ जना बेपत्ता छन् ।
यो प्राकृतिक विपत्तीपछि राष्ट्रपति अनुरा कुमारा दिशानायकेले आपतकाल घोषणा गर्दै अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेका छन् । श्रीलंका सरकारले विदेशमा रहेका आफ्ना नागरिकहरुलाई स्वदेश पैसा पठाउन आह्वान गरेको छ ।
श्रीलंकामा पछिल्ला आठ वर्षमा आएको सबैभन्दा ठूलो प्राकृतिक विपत्ति हो । यसअघि २०१७ मा आएको बाढी–पहिरोमा परी २०० जनाको मृत्यु भएको थियो भने लाखौं मानिस बेघर भएका थिए ।
श्रीलंका विपद् व्यवस्थापन विभागका अनुसार पछिल्लो प्राकृत्तिक विपत्तिमा १५ हजारभन्दा बढी घर नष्ट भएका छन् भने ७८ हजार मानिसलाई सरकारी अस्थायी शिविरहरूमा राखिएको छ । वैखरी
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]
प्रतिक्रिया