Trending
flash भारतबाट अवैध रूपमा ल्याइएका १ हजार ५ सय चल्ला बरामद flash नागरिक यात्रुको गुनासो र समस्या तत्काल सम्बोधन गर्न यात्रु सहायता कक्ष स्थापना flash राकेश यादवले दिए कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ

धनकुटामा विद्यालय बस दुर्घटना हुँदा गम्भीर घाइते

 

धनकुटा : गत आइतबार धनकुटामा विद्यालय बस दुर्घटना हुँदा गम्भीर घाइते भएका बस चालकको उपचारको क्रममा मृत्यु भएको छ। आइतबार धनकुटा नगरपालिका वडा नं. ७ रमाइलो घुम्तीमा सुनसरीको रामधुनीबाट तेह्रथुमको तीनजुरेसम्मको शैक्षिक भ्रमण सकेर फर्कँदै गरेको को १ ख ५३१३ नम्बरको बस अनियन्त्रित भई सडक डिलमा पल्टेर दुर्घटना भएको थियो।

दुर्घटनामा परि गम्भीर घाइते भएका बसचालक सुनसरीको रामधुनी नगरपालिका वडा नं. १ झुम्का घर भएका ६० वर्षीय भुवन चौधरीको उपचारको क्रममा विराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए।

सुनसरीको रामधुनी–५ पिङ्क लोटस इङलिस स्कुलको बस दुर्घटना हुँदा बसचालक सहित २९ जना घाइते भएका थिए। घाइते हुने अन्य विद्यार्थी रहेकोमा उनीहरूको धनकुटा अस्पतालमा उपचार पछि केही घर फर्किएका छन् भने केहीको तराईका अस्पतालमा उपचार भइरहेको छ।

अन्य घाइतेहरू भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ। बसमा २२ छात्रा र १४ छात्र गरी ३६ विद्यार्थी, ३ जना शिक्षक र चालक तथा सहचालक गरी ४१ जना सवार रहेका थिए। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP