अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्वेजले पनि जबरजस्ती गर्न खोजे ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। द एटलान्टिक म्यागजिनसँग कुरा गर्दै ट्रम्पले रोड्रिग्वेजले सही निर्णय नगरे उनले निकोलस मादुरोभन्दा पनि खराब परिणाम भोग्नुपर्ने बताएका हुन् ।
रोड्रिग्वेजले सत्ता सम्हाले लगत्तै अमेरिकाले वर्तमान शासनलाई वैधता दिन अस्वीकार गरेको थियो । राष्ट्रपति ट्रम्पले भेनेजुएलाको पूर्वाधार सुधार गर्न अमेरिकी तेल कम्पनीहरू पठाउने समेत घोषणा गरेका छन्। यसैबीच, ब्रुकिलन हिरासतमा राखिएका भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई आज न्यूयोर्कको अदालतमा उपस्थित गराइँदैछ। उनीमाथि लागूऔषध तस्करी र अवैध हतियार ओसारपसारको आरोप लगाइएको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले काराकासमा गरिएको हवाई आक्रमणलाई युद्ध नभई कानूनी कारबाहीको संज्ञा दिएका छन् । उनले यो कारबाही भेनेजुएला विरुद्ध नभई लागूऔषध तस्कर विरुद्ध भएको दाबी गरे। शनिबारको उक्त सैन्य आक्रमणमा ३२ जना क्युवाली लडाकु र केही सर्वसाधारणको मृत्यु भएको बताइएको छ । क्युबाले यस घटनाको विरोधमा दुई दिने राष्ट्रिय शोक घोषणा गरेको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया