भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी अदालतमा आफू विरुद्ध लगाइएका लागूऔषध तस्करी र नार्को–टेररिज्म अर्थात् लागूऔषध आतंकवाद सम्बन्धी सबै आरोेप अस्वीकार गरेका छन्।
स्थानीय समयअनुसार सोमबार न्युयोर्कको म्यानहटनस्थित संघीय अदालतमा उपस्थित गराइएका मादुरोले न्यायाधीश समक्ष आफू निर्दोष रहेको र आफूमाथि लगाइएका आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको दाबी गरेका हुन्।
अमेरिकी अभियोजकहरूले मादुरोमाथि कोलम्बियाली विद्रोही समूहसँग मिलेर अमेरिकामा कोकिन तस्करी गरेको अभियोग लगाएका छन् । सुनुवाइका क्रममा मादुरोले आफू अझै पनि भेनेजुएलाको संवैधानिक प्रमुख रहेको तर्क गर्दै अमेरिकी हस्तक्षेपको कडा आलोचना गरे।। उनीँसँगै पक्राउ परेकी उनकी पत्नी सिलिया फ्लोरेसले पनि आफूमाथिका सबै आरोप निराधार रहेको बताइन्।
अदालतले दुवै पक्षको प्रारम्भिक बहस सुनेपछि मादुरोलाई हिरासतमै राख्न आदेश दिएको छ। अर्को सुनुवाइ आगामी मार्च १७ का लागि तय गरेको छ । यसैबीच, काराकसमा मादुरो समर्थकहरूले उनको रिहाइको माग गर्दै प्रदर्शन जारी राखेका छन् ।
सोमबार मात्रै भेनेजुएलाको कार्यवाहक राष्ट्रपतिका रुपमा डेल्सी रोड्रिगेजले शपथ लिनुभएको छ । उहाँले आफूहरुले शान्ति चाहेको र अमेरिकासँग शान्तिपूर्वक सहयोगका एजेण्डामा छलफल गर्न सकिने बताउनुभएको छ । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले डेल्सीले मनोमानी गर्न खोजे मादुरोको भन्दा खराब अवस्था भोग्नुपर्ने चेतावनी दिएका थिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया