Trending
flash लाैटन राम द्राेपदी देवी मावि गणेशपुरमा सरस्वती माताको प्राण प्रतिष्ठा तथा रासलीला महोत्सव हुँदै flash विजयनगरमा पनि मनाइयो राष्ट्रिय याेग दिवस flash विजयनगरमा २ सय ८० जना जेष्ठ नागरिक सम्मानित राजनीति सानेपामा रमेश लेखक : छलफलले सफलता पाउन सकेन राजनीति जेनजी अभियन्ता टासी ल्हाजोमको नाम समानुपातिकको बन्दसूचीबाट हटाए समाज सिंहदरबारभित्र नयाँ राष्ट्रिय सभा हल तयार समाज सिन्धुलीमा ठूलो मात्रामा अमेरिकी डलरसहित एक जना पक्राउ समाज अनाधिकृत रूपमा आपतकालीन ढोका खोल्दा उडान ढिलो समाज खुकुरी प्रहार गरी युवकको हत्या खेल नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने

नेपाली क्रिकेट टोलीले आज अमेरिकासँग अभ्यास खेल खेल्दै

काठमाडौं : नेपाली क्रिकेट टोलीले आज अमेरिकासँग अभ्यास खेल खेल्दैछ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपालमा आयोजना गर्न लागेको महिला टी–२० विश्वकप छनोट खेल्नुअघि नेपालले अमेरिका, स्कटल्यान्ड र जिम्बाब्बेसँग प्रि सिरिज खेल्न लागेको हो। नेपालले शुक्रबार स्कटल्याण्ड र आगामी आइतबार जिम्माब्बेसँग खेल्नेछ।

अर्को सातादेखि नेपालमा आयोजना गर्न लागेको महिला टी–२० विश्वकप छनोटमा नेपालले बंगलादेश, आयरल्यान्ड र जिम्बाब्वेको टिमसँग खेल्न लागेको छ।

बंगलादेश, आयरल्यान्ड र जिम्बाब्वेको सिनियर टिमले पहिलो पटक नेपालमा खेल्नेछन्। कुनै पनि टेस्ट राष्ट्रको राष्ट्रिय टिमले नेपालमा खेल्न लागेको यो पहिलो पटक हुनेछ।

विश्वमा अहिले टेस्ट क्रिकेटको मान्यता पाएका १२ देशमात्रै छन्। त्यसमध्येको अफगानिस्तानसँग महिला टिम नै छैन।

विश्व नम्बर एक अष्ट्रेलियासँगै इंग्ल्यान्ड, भारत, न्युजिल्यान्ड, श्रीलंका, पाकिस्तान र वेस्ट इन्डिजले भने इंग्ल्यान्डमा हुने महिला टी–२० विश्वकपमा स्थान बनाएका छन् ।

बंगलादेश, आयरल्यान्ड र जिम्बाब्वेको महिला टिमले भने विश्वकपमा पुग्नका लागि ग्लोबल क्वालिफायर खेल्नेछन्।

अर्को हप्ता सुरू हुने त्यही ग्लोबल क्वालिफायरका लागि यी तीन टेस्ट राष्ट्रको महिला टिमले नेपालमा खेल्न लागेका हुन्।

नेपाल र जिम्बाब्वेबीचको खेल माघ १० गते हुनेछ। यो नै नेपाली महिला टिमले टेस्ट खेल्ने देशको महिला टिमसँग घरेलु मैदानमा खेलेको पहिलो खेल हुनेछ।

दुई समूहमा हुनेसमूह ‘ए’ मा बंगालदेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छ। यस्तै समूह ‘बी’ मा नेपाल, स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बावे छन्।

नेपालले आफ्नो पहिलो खेलमा १८ जनवरीमा थाइल्यान्डसँग माथिल्लो मुलपनी क्रिकेट मैदानमा खेल्नेछ।

नेपालले पहिलोपटक विश्वकप एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको थियो।

यस प्रतियोगितामा दुवै समूहबाट शीर्ष ३ मा पर्ने टोलीहरू सुपर सिक्समा छनोट हुनेछन्।

सुपर सिक्सबाट शीर्ष ४ टोलीहरू सन् २०२६ मा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP