Trending
flash लाैटन राम द्राेपदी देवी मावि गणेशपुरमा सरस्वती माताको प्राण प्रतिष्ठा तथा रासलीला महोत्सव हुँदै flash विजयनगरमा पनि मनाइयो राष्ट्रिय याेग दिवस flash विजयनगरमा २ सय ८० जना जेष्ठ नागरिक सम्मानित राजनीति सानेपामा रमेश लेखक : छलफलले सफलता पाउन सकेन राजनीति जेनजी अभियन्ता टासी ल्हाजोमको नाम समानुपातिकको बन्दसूचीबाट हटाए समाज सिंहदरबारभित्र नयाँ राष्ट्रिय सभा हल तयार समाज सिन्धुलीमा ठूलो मात्रामा अमेरिकी डलरसहित एक जना पक्राउ समाज अनाधिकृत रूपमा आपतकालीन ढोका खोल्दा उडान ढिलो समाज खुकुरी प्रहार गरी युवकको हत्या खेल नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने

प्रहरीले ठूलो संख्यामा निर्वाचन प्रहरी भर्नाको लागि दरखास्त आह्वान

 

नेपाल प्रहरीले ठूलो संख्यामा निर्वाचन प्रहरी भर्नाको लागि दरखास्त आह्वान गरेको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि नेपाल प्रहरीले एक लाख ३३ हजार नौसय असी ‘निर्वाचन प्रहरी’ भर्नाको लागि दरखास्त आह्वान गरेको हो।

नेपाल प्रहरीको मानवश्रोत विकास विभागले बिहीबार बिहान सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नागरिकबाट दरखास्त आह्वान गरेको हो।

इच्छुक व्यक्तिले भोलि (शुक्रबार)देखि आगामी माघ १ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ। सार्वजनिक बिदाको दिनसमेत आवदेशन दिन सकिने छ।

निर्वाचन प्रहरी छनोटका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हरेक जिल्लामा सुरक्षा निकायहरु सम्मिलित समिति बन्नेछ। यसअघि म्यादी प्रहरी भनिँदै आएकोमा पहिलो पटक निर्वाचन प्रहरी भनेर नामाकरण गरिएको हो।

निर्वाचन प्रहरीमा भर्ना हुन १८ वर्ष पूरा भएर ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनु पर्नेछ। पूर्वसुरक्षाकर्मी, यसअघिका निर्वाचनमा म्यादी प्रहरीमा नियुक्त भएर खटिएका, छिमेकी देशका सुरक्षा निकायमा काम गरेर अवकाश भएका तथा सुरक्षा निकायमा शारीरिक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुले पनि प्रवेश पत्र पेस गरे निर्वाचन प्रहरीमा भर्ना हुन प्राथमिकता पाउनेछन्।

फौजदारी कसुरमा सजाय पाई नैतिक पतन नभएको हुनुपर्ने मापदण्ड छ। छनोट भएकाहरुलाई १० दिन तालिम दिइनेछ। तालिम सकिएपछि एक महिना निर्वाचनमा खटाउने सरकारको तयारी छ। उनीहरुले ४० दिनको तलब पाउनेछन्। तलब प्रहरी जवानको सरह नै हुनेछ।

यस्तै निर्वाचन प्रहरीको पोसाक, चार दिनको खाजा भत्ता, तयारी भत्ता र रासन नेपाल प्रहरी सरह नै पाउनेछन्। प्रहरीकै जस्तो जिल्ला अनुसार रासन भने फरक पर्नेछ। वैखरी 

 

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP