Trending
flash लाैटन राम द्राेपदी देवी मावि गणेशपुरमा सरस्वती माताको प्राण प्रतिष्ठा तथा रासलीला महोत्सव हुँदै flash विजयनगरमा पनि मनाइयो राष्ट्रिय याेग दिवस flash विजयनगरमा २ सय ८० जना जेष्ठ नागरिक सम्मानित राजनीति सानेपामा रमेश लेखक : छलफलले सफलता पाउन सकेन राजनीति जेनजी अभियन्ता टासी ल्हाजोमको नाम समानुपातिकको बन्दसूचीबाट हटाए समाज सिंहदरबारभित्र नयाँ राष्ट्रिय सभा हल तयार समाज सिन्धुलीमा ठूलो मात्रामा अमेरिकी डलरसहित एक जना पक्राउ समाज अनाधिकृत रूपमा आपतकालीन ढोका खोल्दा उडान ढिलो समाज खुकुरी प्रहार गरी युवकको हत्या खेल नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्र

 

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा नयाँ भाले जंगली हात्ती भीमगज देखिन थालेको छ।
केन्द्र प्रमुख मनपुरन चौधरीले भने- रोनाल्डो ठूलो ज्यान र बलियो भएकाले भीमगज डराइरहेको जस्तो देखिन्छ तर छाडेको छैन।
भीमगज करिब १७/१८ वर्ष उमेरको अनुमान गरिएको छ र यसले रोनाल्डोलाई टक्कर दिन खोजिरहेको छ।
२५ पुस, चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा नयाँ भाले जंगली हात्ती देखिन थालेको छ । सो हात्तीलाई ‘भीमगज’ नाम दिइएको छ ।

हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरका प्रमुख मनपुरन चौधरीका अनुसार यो हात्ती केन्द्र वरपर देखिन थालेको करिब एक साता भएको छ । अर्को भाले हात्ती ‘रोनाल्डो’लाई टक्कर दिने गरी ‘भिमगज’ प्रजनन् केन्द्रमा देखा परेको उनले बताए ।

‘रोनाल्डो पनि विगत एक महिना अगाडिदेखि यहीँ डेरा जमाएर बसेको छ, भीमगज पनि आएको छ, एकले अर्कोलाई धपाउन खोजिरहेका छन्,’ केन्द्र प्रमुख चौधरीले भने, ‘रोनाल्डो ठूलो ज्यान र बलियो भएकाले भिमगज डराइरहेको जस्तो देखिन्छ तर छाडेको छैन ।’

करिब ५३ वर्षीय रोनाल्डोले भीमगजलाई सकभर वरपर आउन रोक्न खोज्ने केन्द्र प्रमुख चौधरीले बताए । ‘आफू बुढो भएकाले धेरै दौडिन त सक्दैन, तर वरपर अरु भाले हात्ती आउँदा रोनाल्डो रिसाउँछ,’ चौधरी भन्छन्, ‘रोनाल्डो २ महिना जति पहिला हराएको थियो, एक महिना जति भयो आएको, रोनाल्डो हराउँदा गोविन्दे आएर एक महिना बस्यो, रोनाल्डो आउने थाहा पाएपछि गोविन्दे हरायो, तर भीमगज भने आइरहेको छ ।’

भीमगज र रोनाल्डो दुवैले कोशीकली पोथी हात्तीसँग शारिरीक सम्पर्क गरेको केन्द्र प्रमुख चौधरीले बताए ।

भीमगज करिब १७/१८ वर्ष जति उमेर भएको अनुमान आफूहरुले गरेको चौधरीले बताए । ‘भीमगजको त उमेर छ, बलियो हुँदै जान्छ, रोनाल्डोलाई सानै उमेरमा टक्कर दिन खोजेको छ, मुर्ख छ’ चौधरी भन्छन्, ‘पछि यसले ध्रुवे, रोनाल्डो र गोविन्देलाई माथ खुवाउन सक्छ ।’

यसकारण नाम राखियो ‘भीमगज’

आफूहरुले अघिल्लो वर्ष नै भीमगजलाई निकुञ्जमा देखेको उनले बताए । त्यतिबेला यसले आफूहरुलाई लेखेटेको र आत्मरक्षाका लागि गोली चलाउनु परेको उनले स्मरण गरे ।

‘१० वटा हात्ती लिएर जंगल जाँदा योसँग भेट भएको थियो । हामी भागेर भीमपुर पोष्टमा आउँदा लखेट्दै आयो । हामीलाई आक्रमण गर्न खोजेपछि आर्मीले गोली चलायो,’ केन्द्र प्रमुख चौधरीले भने, ‘८/१० राउण्ड हवाई फायर गरेपछि भाग्यो ।’

‘त्यतिबेला सो हात्तीले भीमपुर पोष्टमा आक्रमण गरेकाले नाम नै भीमगज राखेको हो, त्यसपछि देखिएको थिएन, यसपटक केन्द्रमा नै आयो,’ चौधरीले भने ।

चितवनको हात्ती प्रजनन् केन्द्रमा अहिले १० वटा हात्ती छन् भने ९ वटा साना–ठूला छावाहरु छन् । यही केन्द्रमा हुर्किएका खगेन्द्रप्रसाद र रुद्रकलीलाई एक महिना अगाडि उपहार स्वपरुप कतार पठाइएको थियो ।  अनलाइनखबर

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP