Trending
flash भारतबाट अवैध रूपमा ल्याइएका १ हजार ५ सय चल्ला बरामद flash नागरिक यात्रुको गुनासो र समस्या तत्काल सम्बोधन गर्न यात्रु सहायता कक्ष स्थापना flash राकेश यादवले दिए कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्र

 

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा नयाँ भाले जंगली हात्ती भीमगज देखिन थालेको छ।
केन्द्र प्रमुख मनपुरन चौधरीले भने- रोनाल्डो ठूलो ज्यान र बलियो भएकाले भीमगज डराइरहेको जस्तो देखिन्छ तर छाडेको छैन।
भीमगज करिब १७/१८ वर्ष उमेरको अनुमान गरिएको छ र यसले रोनाल्डोलाई टक्कर दिन खोजिरहेको छ।
२५ पुस, चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा नयाँ भाले जंगली हात्ती देखिन थालेको छ । सो हात्तीलाई ‘भीमगज’ नाम दिइएको छ ।

हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरका प्रमुख मनपुरन चौधरीका अनुसार यो हात्ती केन्द्र वरपर देखिन थालेको करिब एक साता भएको छ । अर्को भाले हात्ती ‘रोनाल्डो’लाई टक्कर दिने गरी ‘भिमगज’ प्रजनन् केन्द्रमा देखा परेको उनले बताए ।

‘रोनाल्डो पनि विगत एक महिना अगाडिदेखि यहीँ डेरा जमाएर बसेको छ, भीमगज पनि आएको छ, एकले अर्कोलाई धपाउन खोजिरहेका छन्,’ केन्द्र प्रमुख चौधरीले भने, ‘रोनाल्डो ठूलो ज्यान र बलियो भएकाले भिमगज डराइरहेको जस्तो देखिन्छ तर छाडेको छैन ।’

करिब ५३ वर्षीय रोनाल्डोले भीमगजलाई सकभर वरपर आउन रोक्न खोज्ने केन्द्र प्रमुख चौधरीले बताए । ‘आफू बुढो भएकाले धेरै दौडिन त सक्दैन, तर वरपर अरु भाले हात्ती आउँदा रोनाल्डो रिसाउँछ,’ चौधरी भन्छन्, ‘रोनाल्डो २ महिना जति पहिला हराएको थियो, एक महिना जति भयो आएको, रोनाल्डो हराउँदा गोविन्दे आएर एक महिना बस्यो, रोनाल्डो आउने थाहा पाएपछि गोविन्दे हरायो, तर भीमगज भने आइरहेको छ ।’

भीमगज र रोनाल्डो दुवैले कोशीकली पोथी हात्तीसँग शारिरीक सम्पर्क गरेको केन्द्र प्रमुख चौधरीले बताए ।

भीमगज करिब १७/१८ वर्ष जति उमेर भएको अनुमान आफूहरुले गरेको चौधरीले बताए । ‘भीमगजको त उमेर छ, बलियो हुँदै जान्छ, रोनाल्डोलाई सानै उमेरमा टक्कर दिन खोजेको छ, मुर्ख छ’ चौधरी भन्छन्, ‘पछि यसले ध्रुवे, रोनाल्डो र गोविन्देलाई माथ खुवाउन सक्छ ।’

यसकारण नाम राखियो ‘भीमगज’

आफूहरुले अघिल्लो वर्ष नै भीमगजलाई निकुञ्जमा देखेको उनले बताए । त्यतिबेला यसले आफूहरुलाई लेखेटेको र आत्मरक्षाका लागि गोली चलाउनु परेको उनले स्मरण गरे ।

‘१० वटा हात्ती लिएर जंगल जाँदा योसँग भेट भएको थियो । हामी भागेर भीमपुर पोष्टमा आउँदा लखेट्दै आयो । हामीलाई आक्रमण गर्न खोजेपछि आर्मीले गोली चलायो,’ केन्द्र प्रमुख चौधरीले भने, ‘८/१० राउण्ड हवाई फायर गरेपछि भाग्यो ।’

‘त्यतिबेला सो हात्तीले भीमपुर पोष्टमा आक्रमण गरेकाले नाम नै भीमगज राखेको हो, त्यसपछि देखिएको थिएन, यसपटक केन्द्रमा नै आयो,’ चौधरीले भने ।

चितवनको हात्ती प्रजनन् केन्द्रमा अहिले १० वटा हात्ती छन् भने ९ वटा साना–ठूला छावाहरु छन् । यही केन्द्रमा हुर्किएका खगेन्द्रप्रसाद र रुद्रकलीलाई एक महिना अगाडि उपहार स्वपरुप कतार पठाइएको थियो ।  अनलाइनखबर

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP