Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

तामाङ भाषालाई गुगल अनुवादमा लैजाने काम धमाधम

सन्चु ब्लोन तामाङ
काठमाडौं : तामाङ भाषालाई गुगल अनुवादमा लैजाने काम धमाधम भइरहेको छ।

यही फागुनसम्ममा गुगल अनुवादमा लैजाने तयारीका साथ काम भइरहेको तामाङ अनुवाद टोलीका संयोजक एवं तामाङ राष्ट्रिय पुस्तकालयका अध्यक्ष अमृत योञ्जन तामाङले जानकारी दिएका छन्।

बिहिबार पत्रकारहरुको अन्तरकृयामा तामाङलेएक लाख वाक्य गुगलमा प्रवेस गराउने लक्ष्यसहित काम भइरहेको र हाल सम्म ५० हजार तामाङ वाक्यहरुले प्रवेश पाइसकेको जनाए।

उनका अनुसार आउँदो फागुनसम्ममा गुगल अनुवाद प्रणालीमा लैजाने प्रयास भइरहेको हो। काठमाडौं विश्वविद्यालय र तामाङ राष्ट्रिय पुस्तकालयको संयुक्त पहलमा काठमाडौं विश्वविद्यालयप्राविधिक टोली र तामाङ अनुवादक टोलीले अहिले काम गरिरहेको छ।

गुगल रिसर्चका लागि ‘गुगल त्रैभाषिक मिसिन अनुवाद परियोजना’को प्रारम्भिक उद्घाटन पुस ११ गते गरिएको थियो। तामाङ–नेपाली–अंग्रेजी भाषाहरू बिचको अन्तर–अनुवादको लागि यो परियोजना सक्रिय छ।

प्राविधिक पक्षका लागि सूचना तथा भाषा प्रक्रिया, कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ विभाग, काठमाडौं विश्वविद्यालयका प्रा.डा. बालकृष्ण बल र तामाङ अनुवाद पक्षका लागि तामाङ राष्ट्रिय पुस्तकालय (तारापु) का अध्यक्ष योञ्जनबीच सहकार्यको लागि २०८२ साउन ४ गतेमा हस्ताक्षर भएपछि अनुवाद थालिएको थियो।

त्रैभाषिक मिसन अनुवाद मोडल तयारीमा काठमाडौं विश्वविद्यालयका प्रा.डा. बल, डा. प्रकाश पौड्याल, रूपकराज घिमिरे र विपेशराज सुबेदी, डुबलिन सिटी विश्वविद्यालयका प्रविन आचार्य र त्रिभुवन विश्वविद्यालयका प्रा.डा. बलराम प्रसाईं छन् भने अनुवाद टोलीमा संयोजक योञ्जनसँगै, इन्द्र तामाङ र अनुवादकहरू पेमाछिरिङ तामाङ, बुद्ध योञ्जन लामा, उदय थिङ, यकिना अगाध र बिनुका लामा छन्।

नेपालका १४ लाखभन्दा बढीले बोल्ने तामाङ भाषा गुगल अनुवाद सेवामा प्रवेश पाएमा तामाङ भाषा विश्व भाषा मञ्चमा उपलब्ध हुनेछ । हालसम्म नेपाली भाषाका अतिरिक्त दुइटा मातृभाषा मैथिली (सन् २०२२) र नेवाभाषा (सन् २०२४) ले मात्र गुगलमा प्रवेश पाएका छन् ।

तामाङ भाषा गुगलमा प्रवेशसँगै विश्वका जुनसुकै स्थानमा बसोबास गरिरहेका प्रयोक्तालाई (१) तामाङ–नेपाली (२) नेपाली–तामाङ (३) तामाङ–अंग्रेजी (४) अंग्रेजी–तामाङ अन्तरअनुवाद सम्भव हुने जनाइएको छ।

दैनिकी र पर्यटन, शिक्षा, सञ्चार र सरकारी कामकाजमा गुगल अनुवादले सहयोग पुरÞ्याउने र भविष्यमा अनुवाद सेवाका साथै सर्च, भ्वाइस सर्च, युट्युब सब–टाइटल आदिमा पनि यसको सेवा विस्तार हुन सक्ने संयोजक अमृत योन्जन तामाङले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP