विजयनगर-३ महादेइयामा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु

विजयनगर, २५ पाैष ।

कपिलवस्तुको विजयनगर गाउँपालिका-३ महादेइयामा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । कोटेश्वरी क्लबको आयोजनामा महादेइया खेल मैदानमा प्रतियोगिताको शुभारम्भ गरिएको हो । शुक्रबार ७ का वडा अध्यक्ष दिनेश कुमार चाैधरीले क्रिकेट प्रतियोगिताकाे उद्घाटन गरेका हुन् ।

क्लबका अध्यक्ष मुकेश चौधरीका अनुसार खेलकुदमार्फत युवालाई एकताबद्ध गर्दै प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम हुने टिमलाई ५१ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाण-पत्र प्रदान गरिनेछ भने द्वितीय स्थान हासिल गर्ने टिमलाई २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाण-पत्र प्रदान गरिनेछ ।

आयोजक क्लबका सचिव देवेन्द्रमणि त्रिपाठीले प्रथम वडा स्तरीय क्रिकेट प्रतियोगितामा १६ वटा टिम सहभागी भएको जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा विजयनगर गाउँपालिका-७ का वडा अध्यक्ष दिनेश कुमार चौधरी, ३ का वडा अध्यक्ष हृदय विकास चौधरी, वडा सदस्य मोहम्मद सई, समाजसेवी राम निवास पुरी, बृजकिशोर मिश्र लगायत क्रिकेटप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

स्थानीयस्तरमा क्रिकेटको विकास र खेलाडी उत्पादनमा प्रतियोगिताले महत्त्वपूर्ण योगदान पुर्‍याउने आयोजकको विश्वास रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP