Trending
flash लाैटन राम द्राेपदी देवी मावि गणेशपुरमा सरस्वती माताको प्राण प्रतिष्ठा तथा रासलीला महोत्सव हुँदै flash विजयनगरमा पनि मनाइयो राष्ट्रिय याेग दिवस flash विजयनगरमा २ सय ८० जना जेष्ठ नागरिक सम्मानित राजनीति सानेपामा रमेश लेखक : छलफलले सफलता पाउन सकेन राजनीति जेनजी अभियन्ता टासी ल्हाजोमको नाम समानुपातिकको बन्दसूचीबाट हटाए समाज सिंहदरबारभित्र नयाँ राष्ट्रिय सभा हल तयार समाज सिन्धुलीमा ठूलो मात्रामा अमेरिकी डलरसहित एक जना पक्राउ समाज अनाधिकृत रूपमा आपतकालीन ढोका खोल्दा उडान ढिलो समाज खुकुरी प्रहार गरी युवकको हत्या खेल नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने

विजयनगरलाई चिनाउने काम रेडियो विजयनगरले नै गरेकाे हाे : अध्यक्ष थापा

घनश्याम भर

विजयनगर, २६ पाैष ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिकाका अध्यक्ष गाेपाल बहादुर थापाले गाउँपालिकालाई चिनाउने काम रेडियो विजयनगरले नै गरेकाे बताएका छन् । विजयनगर विकासकाे हरेक गतिविधि, संस्कार, संस्कृति, परम्परा, घटना, दुर्घटनहरुलाई रेडियोले तत्काल जानकारी दिने गरेकाे उनको भनाई छ ।

शनिबार विजयनगर समाजकाे साताैँ साधारण सभा कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष थापाले यस्ताे बताएका हुन् । उनले भने; “अरु जाे-जाे, जे-जे भने पनि विजयनगरलाई चिनाउने काम रेडियोले गरेको छ” ।अध्यक्ष थापाले रेडियो, टेलिभिजन चलाउन आफैमा चुनाैतीपूर्ण भएको बताउँदै रेडियो सञ्चालनका लागि यहाँका नागरिककाे महत्त्वपूर्ण भूमिका रहेकाे भन्दै प्रशंसासमेत गरेे ।

यस्तै विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले सामुदायिक रेडियोले स्थानीय आवाजलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताइन् । उनले रेडियोले नागरिक आवाज बन्न अझै रचनात्मक, जनमुखी, सशक्तीकरण कार्यक्रमहरुलाई याेजनाबद्ध रुपमा अगाडी जानुपर्ने सुझाव दिइन् ।

यसैगरी ७ का वडा अध्यक्ष दिनेश कुमार चौधरीले सामुदायिक रेडियोले ग्रामीण भेगका जनताको समस्या, आवश्यकता र सम्भावनालाई प्राथमिकतामा राख्नुपर्ने बताए । अध्यक्ष चौधरीले स्थानीय तह, समुदाय र रेडियोबीच सहकार्य अझ मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याउँदै रेडियोको दिगोपनाका लागि सबै पक्षको सहयोग अपरिहार्य रहेको धारणा व्यक्त गरे ।

विजयनगर समाजका अध्यक्ष राम प्रघट कोरीले रेडियो विजयनगरलाई अझ प्रभावकारी र दिगो बनाउने आगामी योजना रहेको बताउँदै डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै श्रोताको सहभागिता बढाइने र रेडियोको पहुँच गाउँ–गाउँसम्म पुर्‍याइने बताए । रेडियोको सफलताका लागि पारदर्शी, व्यवस्थापन र सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको उनलेे बताए ।

कार्यक्रममा वक्ताहरुले आगामी दिनमा पनि रेडियोले समावेशी, सत्य र जिम्मेवार पत्रकारितालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

विजयनगर समाज र विजयनगर गाउँपालिकाकाे साझेदारीमा सामुदायिक रेडियो विजयनगर १००.७ मेगाहर्ज सञ्चालित छ । विजयनगर गाउँपालिका-६ खडैचाका अवस्थित रेडियोकाेे सभाहलमा शनिबार आर्थिक वर्ष २०८१/०८२ काे साधारण सभा भव्य रुपमा सम्पन्न भएको छ ।

साधारण सभामा विजयनगर समाजका काेषाध्यक्ष गाेकर्ण प्रसाद सापकोटाले आर्थिक प्रतिवेदन, संस्थाका अध्यक्ष राम प्रघट काेरीले प्रगति प्रतिवेदनसहित आगामी याेजनाहरु प्रस्तुत गरेका थिए भने कार्यक्रममा विजयनगर समाजकी उपाध्यक्ष प्रमिला पाैडेलकाे स्वागत मन्तव्य र सचिव दिपक भण्डारीकाे सञ्चालनमा सम्पन्न भएको थियोे ।

कार्यक्रममा जग्गादाता बल बहादुर पुनलाई सम्मानसमेत गरिएको छ । यस्तै पुर्व रेडियो विजयनगरकर्मीलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा जनप्रतिनिधि, प्रहरी, शेयर सदस्य, समाजसेवी, स्थानीय लगायतकाे उपस्थिति थियोे ।

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP