Trending
flash लाैटन राम द्राेपदी देवी मावि गणेशपुरमा सरस्वती माताको प्राण प्रतिष्ठा तथा रासलीला महोत्सव हुँदै flash विजयनगरमा पनि मनाइयो राष्ट्रिय याेग दिवस flash विजयनगरमा २ सय ८० जना जेष्ठ नागरिक सम्मानित राजनीति सानेपामा रमेश लेखक : छलफलले सफलता पाउन सकेन राजनीति जेनजी अभियन्ता टासी ल्हाजोमको नाम समानुपातिकको बन्दसूचीबाट हटाए समाज सिंहदरबारभित्र नयाँ राष्ट्रिय सभा हल तयार समाज सिन्धुलीमा ठूलो मात्रामा अमेरिकी डलरसहित एक जना पक्राउ समाज अनाधिकृत रूपमा आपतकालीन ढोका खोल्दा उडान ढिलो समाज खुकुरी प्रहार गरी युवकको हत्या खेल नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने

विजयनगरसँग जाेडिएका सीमावर्ती क्षेत्रमा अनुगमन

घनश्याम भर

(विजयनगर), कपिलवस्तु, २६ पाैष ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिकासँग जोडिएको नेपाल-भारत सीमावर्ती क्षेत्रमा अनुगमन गरिएको छ । जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी उपरीक्षक सन्तोष आचार्य, विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा, इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक महेश कुमार आचार्यसहित स्थानीय प्रतिनिधिले संयुक्त रूपमा अनुगमन गरेका हुन् ।

शनिबार विजयनगर गाउँपालिका अन्तर्गत पर्ने जवाबैराठ, नयाँबस्ती र अर्रा खोला आसपासका सीमा क्षेत्रको स्थलगत अनुगमन गरिएको हो । ती क्षेत्रमा बर्सेनि नदी कटानले नेपालतर्फ हजाराैँ बिगहा जग्गा काटेकाे छ भने  जवाबैराठ क्षेत्र बाढी डुबानमा पर्दै आएको छ । नदी कटानले सिमावर्ती क्षेत्रका गाउँ उच्च जाेखिममा छन् ।

वर्षायाममा नदी कटानको जोखिम, सम्भावित बाढी तथा डुबानको उच्च जोखिमलाई मध्यनजर गर्दै अनुगमन गरिएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक महेश कुमार आचार्यले जानकारी दिए ।

अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले सीमा क्षेत्रका बस्तीहरूमा देखिएका जोखिम, नदीको बहाव, कटानको अवस्था तथा सुरक्षा सतर्कताबारे जानकारी गराएका थिए । साथै सम्भावित विपद्‌बाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी, स्थानीय तह र सुरक्षा निकायबीचको समन्वय तथा अपनाउनुपर्ने सावधानीका विषयमा समेत छलफल गरिएको उनले बताए ।

सिमावर्ती क्षेत्रमा देखिएकाे विभिन्न विपदकाे उच्च जाेखिम क्षेत्रकाे संरक्षण र समाधानकाे लागि सम्बन्धित निकायमा पहल गर्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतमले बताए ।

प्रहरी उपरीक्षक सन्तोष आचार्यले  स्थानीय बासिन्दाहरूलाई सतर्क रहन, जोखिमयुक्त स्थानमा विशेष ध्यान दिन र कुनै आपतकालीन अवस्था आएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरे ।

प्रशासनले आगामी दिनमा समेत सीमा क्षेत्रको नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP