घनश्याम भर
(विजयनगर) कपिलवस्तु, १ जेष्ठ ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले स्वच्छ ऊर्जा कार्यक्रम अन्तर्गत “स्वच्छ चुलो, आधुनिक भान्सा” भन्ने सन्देशसहित एक दिने पालिका स्तरीय अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
स्वच्छ ऊर्जा परिचालक तथा नवीकरणीय ऊर्जा शाखाका प्रमुख दामु विश्वकर्माले स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्दै धुवाँरहित, सुरक्षित र आधुनिक भान्साको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनका अनुसार ६ सय ६९ ओटा विद्युतीय चुलाे, ७० ओटा सुधारिएकाे चुलाे वितरण भइसकेको छ । ४९ ओटा घरमा वायाे ग्यास चुलाे निर्माण भइरहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले स्वच्छ ऊर्जा आजको आवश्यकता भएको उल्लेख गरे । स्वच्छ चुलोको प्रयोगले दाउराको खपत घट्ने बताउँदै बनजंगल संरक्षणमा सहयोग पुग्नुकाे साथै घरभित्रको वायु प्रदूषण कम गरी परिवारको स्वास्थ्य जोगिने बताए । नागरिकको जीवनशैलीलाई सुरक्षित, सहज र आधुनिक बनाउन “स्वच्छ चुलो, आधुनिक भान्सा” अभियानमा जोड दिएकाे अध्यक्ष थापाले बताए ।
यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले स्थानीय सरकारले नागरिकको दैनिकीमा सकारात्मक परिवर्तन ल्याउने याेजना निर्माण आवश्यक रहेको बताए । नागरिकको दैनिक जीवन सहज, सुरक्षित र स्वस्थ बन्ने बताउँदै परम्परागत चुलोबाट हुने धुवाँजन्य समस्या न्यूनीकरण गर्न आधुनिक र स्वच्छ प्रविधिको प्रयोग आवश्यक रहेको उनलेे बताए ।
यसैगरी ४ का वडा अध्यक्ष तिलकराम कँडेलले ग्रामीण क्षेत्रमा अझै परम्परागत चुलोको प्रयोग व्यापक रहेकाले जनचेतना अपरिहार्य रहेको बताए । स्वच्छ ऊर्जा प्रवर्द्धनमा समुदायको सक्रिय सहभागिता भए दीर्घकालीन प्रभाव देखिने उनलेे बताए ।
कार्यक्रममा सहभागीहरूले स्वच्छ ऊर्जा प्रवर्द्धनले स्वास्थ्य सुधार, वातावरण संरक्षण र आर्थिक बचतमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]
प्रतिक्रिया