Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नेकपा मालारानी ३ को कमिटी बिघटन, चुनावको छाबिन गर्न आयोग

नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीले मालारानी ३ को वडा कमिटी बिघटन गरेको छ ।हालै सम्पन्न ३ नम्बर वडा अध्यक्षको उपनिर्वाचनमा पार्टीले अनपेक्षित पराजय भोग्नुपरेको भन्दै जिल्ला कार्यालयको बैठकले कमिटी विघटन गरेको हो ।बैठकले पार्टी काम संचालनको निम्ति बिरबहादुर के.सी.को संयोजकत्वमा ५ सदस्यीय वडा कमिटी निर्माण गरेको छ । कमिटीको सदस्यमा बि.आर . खनाल ,एस.खनाल ,कमल चौहान र गुणानिधि पोख्रेल रहनुभएको छ । यसैबीच बैठकले निर्वाचन पराजयको कारण पत्ता लगाई आबस्यक सुझाव पेश गर्न नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेश कमिटी सदस्य तोजबहादुर रायमाझीको संयोजकत्वमा ३ सदस्यीय छानबिन आयोग बनाएको छ । आयोगको सदस्यमा पिताम्बर भुसाल र श्रीकृष्ण भुसाल हुनुहुन्छ । साथै बैठकले निर्वाचनको प्रारम्भिक समिक्षा गर्नुका साथै निर्वाचनमा ईमान्दार पुर्वक खट्ने पार्टी कार्यकर्ता ,समर्थक शुभेच्छुक ,शुभचिन्तक तथा आम मतदाता प्रति धन्यवाद ज्ञापन गरेको छ । बिघटित वडा कमिटीको अध्यक्षमा दण्डपाणि पोख्रेल , सचिव हुमबहादुर खनाल सहित २९ सदस्य थिए ।बैठकमा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता चन्द्रबहादुर खड्का उज्वलले मालारानी वडा नं.३ को वडा अध्यक्षमा भोग्नुपरेको अनपेक्षित पराजय लाई पार्टीले गम्भीरता पुर्वक लिएको बताउनुभयो । उहाँले पार्टी कार्यकर्तामा बैचारिक निखारता,व्यवहारमा ईमान्दारीता र काममा कृयासिलता हुनुपर्नेमा जोड दिनुभयो । नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता र सचिव ठाकुर कुमार बि.क.को संचालनमा सम्पन्न बैठकमा नेताहरू नरेन्द्र कुमार क्षेत्री ,छमकुमारी खनाल,जनार्दन खनाल,पिताम्बर भुसाल ,राजेन्द्र भुसाल ,एम.बी.पाण्डे ,तिलक मिश्र,शिबलाल कुँवर लगायतले मन्तव्य राख्नुभएको नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रचार विभाग प्रमुख तिलक मिश्रले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP