Trending
राजनीति वामदेवको दावी : मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन राजनीति हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि म पहल गर्छु : प्रचण्ड राजनीति सबै प्रकारका यातायातका साधनको नियमन एउटै निकायबाट गरौँ : सोविता गौतम समाज बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै शिक्षा शिक्षक महासंघका अध्यक्ष सुवेदीले भने-२५ प्रतिशत युवाका लागि ठाउँ छाडेका छौँ राजनीति कार्यान्वयन हुन नपाउँदै अध्यागमनमा कर्मचारी खटाउने मापदण्ड परिवर्तन गर्ने चलखेल समाज २०८१/०८२ मा २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटना : २ हजार ५ सय ४९ जनाको मृत्यु समाज बर्दघाट सुस्ता पूर्व दूधमा आत्मनिर्भर राजनीति नेपालले आफ्नो सामर्थ्यअनुसार विकास गरिरहेको छ : प्रधानमन्त्री ओली राजनीति कलंकी–सातदोबाटो चक्रपथका कमजोरी नयाँ बन्ने क्षेत्रमा नदोहोरियोस्ः समिति सभापति सिंह

चिनियां राष्ट्रपतिले तमिलनाडुबाट भारत भ्रमण सुरु गर्ने,नेपाल बसाई ९ घण्टा

वेइजिङ

चिनियां राष्ट्रपति सि जिनफिङ्ग र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेट अक्टोम्बरमा हुने निश्चित भएको छ ।
चिनियां राष्ट्रपतिले तमिलनाडुमा रहेको ममल्लापुरमबाट आफ्नो भारत भ्रमणको सुरुवात गर्ने तयारी गरेका छन् । यो ऐतिहासिक शहर चेन्नईबाट नजिक रहेको छ ।

भारत चीन दोस्रो अनौपचारिक शिखर सम्मेलनमा सहभागी हुन चिनियां राष्ट्रपति पांच दिने भ्रारत भ्रमणमा आउंदैछन् । भारितय प्रधानमन्त्री मोदीले अक्टोम्बर ११ देखी १३ सम्म दक्षिण भारतको यो ऐतिहासिक शहरमा सीको स्वागत गर्नेछन् । दुवै नेताबीच औपचारीक वार्ता र द्धिपक्षिय हितका विषयमा समेत छलफल हुनेछ । गत वर्षको अप्रिलमा दुवै नेताबीच चीनको वुहानमा भेटवार्ता भएको थियो । वुहान र ममल्लापुरम दुवै युनेस्कोको सम्पदा सुचींमा समेत सुचिकृत शहर हुन् ।

ममल्लापुरममा २०१८ मा भारतले डिफेन्स एक्स्पो समेत आयोजना गरेको थियो । उक्त एक्स्पोको उद्घाटन समेत भारतिय प्रधानमन्त्री मोदीले गरेका थिए । चिनियां राष्ट्रपति सिको भ्रमणको तयारीको लागी केन्द्र सरकार र प्रदेश सरकार जुटिसकेको भारतिय संचारमाध्यमले जनाएका छन् ।

चिनियां राष्ट्रपति भारतको भ्रमण सकेर नेपाल भ्रमणमा आउने तयारीमा छन् । सीले भारतको वनारसबाट भ्रमण सुरु गर्ने भनिएतापनि सुरक्षाको कारण स्थान परिवर्तन गरिएको बताइएको छ । सी अक्टोम्बर १५ मा नेपाल भ्रमण गरेर चीन फर्कने कार्यक्रम रहेको स्रोतको दावी छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP