Trending
flash विजयनगरमा स्वास्थ्य चौकी सुदृढीकरणका लागि सामग्री सहयोग अन्तर्राष्ट्रिय प्रदर्शनकारीबीच भएका हिंसात्मक झडपमा परी ५ सयभन्दा बढी व्यक्तिको मृत्यु खेल रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो सुपर कप समाज जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु समाज नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै नेपाली सेना flash कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र २७ पुस, काठमाडौंमा सुरु राजनीति देउवाले भने-पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन राजनीति विशेष महाधिवेशन पक्षको पत्रकार सम्मेलन flash जुवा तास खेलिरहेको अवस्थामा ६ जना जुवाडेलाई प्रहरीले पक्राउ flash डढेलो नियन्त्रण गर्न बन झाडी सफाई

डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने स्थायी समाधान हैन : काँग्रेस नेता गुरुङ

 

काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग प्रमुख कल्याण गुरुङले डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने स्थायी समाधान नभएको बताएका छन्।

उनले पानीको अभाव रोक्न दीर्घकालीन स्थायी समाधान खोज्नुपर्नेमा जोड दिए। वर्षायाममा समेत पानी नपरेको कारण हालै तराईका जिल्लामा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले डिप बोरिङ गरेर पानीको समस्या समाधान गर्ने बताएसँगै गुरुङले यो विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

“तराई र पहाडमा पानीको सतह दिनदिनै तल जाँदै छ, डिप बोरिङले पानीको सतह अझै तल लान्छ, जमिन खोक्रो बनाउँछ, जमिन भासिएर थप जोखिम निम्तिने अवस्था आउँछ, डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने अस्थायी समाधान होला तर स्थायी समाधान होइन’, उनले भने। उनले जमिनको क्षयीकरणसँगै पानीको सतह झनै घट्न गई भविष्यमा पानीको अभाव बढ्न सक्ने र मरुभूमिकरण हुनसक्ने जोखिमबारे सचेत गराए।

“भविष्यमा पानीको सतहलाई माथि उकास्न, पानीको अभाव हुन नदिन र जमिनलाई मरुभूमिकरणको जोखिमयुक्त सम्भावनाबाट जोगाउन वृक्षरोपण अनिवार्य हुन्छ। तसर्थ नदी, खोला र खोल्साको दुवै किनारामा तराईमा १०० मिटर र पहाडमा १०० फिट बाँस, नर्कटलगायतका स्थानीय प्रजातिका बोट बिरुवा रोप्नुपर्छ। खोलाको ढुङ्गा बालुवा निकाल्न दिनु हुँदैन”, उनले भने।

उनले नदीको क्षयीकरण रोक्न सङ्घीय सरकारले कडा कानुन बनाएर लागू गराउनुपर्ने जोड दिए। गुरुङले यो विषयमा कार्ययोजना बनाएर लागू गर्न, कानुनी प्रबन्ध गर्न प्रधानमन्त्री, वन तथा वातावरणमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री लगायतलाई विभागले आफ्नो धारणा प्रस्तुत गर्ने उल्लेख गरे।  थाहा खबर

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP