शिवगढी, १४ साउन ।
खेलकुदमार्फत युवा सशक्तिकरण र सामाजिक एकता प्रवर्द्धन गर्दै साइनिङ स्टार युवा क्लब शिवराज नगरपालिका वडा नं. ९ स्थित रमुवादह, शिवगढीमा शिवगढी साइनिङ स्टार युवा क्लबको आयोजनामा ८औं शिवगढी साइनिङ कप २०८२ भव्य कार्यक्रमका साथ आज श्रावण १५ गते देखि सुरु भएको छ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ कृष्णजन्माष्टमीको अवसर पारेर आयोजना गरिएको यस प्रतियोगिताको उद्घाटन कार्यक्रम क्लबकै खेल मैदानमा आयोजना गरिएको थियो। उक्त कार्यक्रम क्लब अध्यक्ष लालबहादुर रोकाको अध्यक्षतामा र वडा नं. ९ का अध्यक्ष राम गोपाल थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। साथै अन्य समाजसेवी, खेलप्रेमी, स्थानीय अगुवा तथा दर्शकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
यसपटकको प्रतियोगितामा पुरुषतर्फ २४ टिम, महिलातर्फ ६ टिम, अण्डर १५ समूहतर्फ १३ टिम र ३० प्लस समूहतर्फ ६ टिमले प्रतिस्पर्धा गर्नेछन्। खेल नक–आउट विधिमा सञ्चालन गरिनेछ। विशेष आकर्षणका रूपमा ३० प्लस समूहका विजेतालाई “बोका उपहार” प्रदान गरिने आयोजक क्लबले जानकारी दिएको छ।
श्रावण १५ देखि श्रावण ३० गतेसम्म सञ्चालन हुने यस प्रतियोगिताको सम्पूर्ण खेलहरू साइनिङ स्टार युवा क्लबको मैदान, रमुवादहमा सञ्चालन हुनेछन्। स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्दै उनीहरूलाई राष्ट्रिय तहसम्म पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष रोकाले बताए।
आज भयको धमौली vs चमरबोझिया को प्रतिस्पर्धा मा जिरोका बिरुद्द ३ गोल गर्दै धमौली फुटबल क्लब बिजयको भयको छ । खेलकुदको माध्यमबाट युवाहरूलाई सिर्जनशील र सकारात्मक गतिविधिमा संलग्न गराउँदै सामाजिक सद्भाव, अनुशासन र नेतृत्व विकासमा टेवा पुर्याउने क्लबको अभिप्राय रहेको छ।
यस क्लबले विगतका वर्षहरूमा पनि निरन्तर खेलकुद गतिविधिहरू गर्दै आएको छ, जसले स्थानीयस्तरमा खेलकुद संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया