काठमाडौँ : सुनसरीको धरान उपमहानगरपालिकामा धारिलो हतियार प्रहारबाट युवकको मृत्यु भएको छ।
धरान- ११ पुण्यमार्गमा बस्ने ३५ वर्षीय रूपक राईको मंगलबार राति आफ्नै घरभित्र टाउकोमा खुकुरी प्रहारबाट घटनास्थलमै मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक भीषणबाबु राईका अनुसार मृतक राईको टाउकोमा पटक–पटक खुकुरीले प्रहार गरिएको देखिएको छ। टाउकोमा खुकुरी प्रहारका कारण गम्भीर चोट लागि उहाँको घटनास्थलमै मृत्यु भएको उनले बताए।
घटनास्थलको मुचुल्का उठाई शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको प्रहरीले जनाएको छ।
सँगै बस्दै आएका मृतकका मामाका छोरा ३३ वर्षीय रविन राईलाई नियन्त्रणमा लिई अनुसनधान गरिरहेको प्रहरीले जनाएको छ । थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया