Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग

कपिलवस्तु, ८ भदौ  ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिकाका एमालेबाट निर्वाचित उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र वडा नम्बर ५ का अध्यक्ष अनवर मोहम्मद मुसलमानले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्यता लिएपछि स्थानीय राजनीतिक वृत्तमा विवाद चुलिएको छ । दुवैले भदौ ५ गते रास्वपाको सदस्यता लिएको सार्वजनिक विवरणमा उल्लेख छ ।

सदस्यता लिएको विषय सार्वजनिक भएपछि रास्वपाको विजयनगर समितिमा सदस्यता प्रक्रियाको गोपनीयता र प्रक्रियाबारे प्रश्न उठेको छ । सामाजिक सञ्जालमा विजयनगर सभापति लोकेश थापाले ‘सदस्य दिलाउँदा विजयनगर समितिसँग कसैले सल्लाह नगरेको’ र ‘गोपनीयता भंग कसले गरेको हो भन्ने जानकारी नभएको’ भन्दै घटनाको सूक्ष्म छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने बताएका छन् ।

उनले सार्वजनिक गरेको अभिव्यक्तिमा सदस्यता प्रदान गर्ने क्रममा स्थानीय समितिसँग समन्वय भए-नभएको तथा सदस्यता विवरण कसरी बाहिर आयो भन्ने विषयमा छानबिन आवश्यक रहेको संकेत गरेका छन् ।

रास्वपामा प्रवेश गरेको भनिएका चौधरी विजयनगर गाउँपालिकाकी उपाध्यक्ष हुन् भने मुसलमान वडा नम्बर ५ का अध्यक्ष हुन् । गाउँपालिकाको आधिकारिक वेबसाइटमा समेत उनीहरू क्रमशः उपाध्यक्ष र वडाध्यक्षका रूपमा सूचीकृत छन् ।

दुबै जनाले एमालेबाट निर्वाचित भएर स्थानीय तहको जनप्रतिनिधिको जिम्मेवारी सम्हालिरहेका अवस्थामा रास्वपाको सदस्यता लिएपछि राजनीतिक दल परिवर्तन र जनप्रतिनिधिको हैसियतसम्बन्धी विषयसमेत चर्चामा आएको छ । २०७९ को स्थानीय तह निर्वाचनमा मुसलमान एमालेबाट वडा नम्बर ५ को अध्यक्षमा निर्वाचित भएका थिए ।

घटनाबारे रास्वपा विजयनगर समितिको औपचारिक धारणा भने सार्वजनिक रूपमा स्पष्ट भइसकेको छैन ।

Oplus_16908288

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP