कृष्णनगर, ५ माघ ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका-२ का वडा अध्यक्ष कृष्ण कुमार गुप्ताको आकस्मिक निधन भएको छ । भारतको असम राज्यस्थित गुवाहाटी नजिकै निलाचल पहाडमा रहेको प्रसिद्ध कामाख्या देवीको दर्शन गरी भुवनेश्वरी माताको दर्शन पश्चात् उनको अचानक मृत्यु भएको जनाइएको छ । उनी गत स्थानीय तहकाे निर्वाचनमा नेकपा (एमाले) बाट लाेकप्रिय मतान्तरले विजयी भएका थिए ।
धार्मिक यात्राका क्रममा पूर्ण रूपमा स्वस्थ देखिएका वडा अध्यक्ष गुप्ताको एक्कासी निधन भएको खबर आएपछि परिवार, आफन्त, स्थानीयवासी तथा नगरवासीहरू शोकमा डुबेका छन् । उनको निधनको कारणबारे विस्तृत जानकारी आउन बाँकी रहेको बताइएको छ ।
वडा अध्यक्ष गुप्ता स्थानीय तहमा लोकप्रिय जनप्रतिनिधिका रूपमा चिनिन्थे । विकास निर्माण, सामाजिक सेवा तथा जनसमस्याको समाधानमा सक्रिय भूमिका खेल्दै आएका उनको असामयिक निधनले कृष्णनगर नगरपालिका स्तब्ध बनाएको छ ।
उनको निधनप्रति दुःख व्यक्त गर्दै कृष्णनगर नगरपालिकाले भाेलि (मंगलबार) शोक बिदा दिने निर्णय गरेको नगर प्रमुुख रजत प्रताप शाहले जानकारी दिए ।
स्थानीय राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, समाजसेवी तथा विभिन्न संघ-संस्थाले पनि वडा अध्यक्ष गुप्ताको निधनलाई अपूरणीय क्षति भएको बताएका छन् । उनको सरल स्वभाव, जनमुखी कार्यशैली र समर्पण भावलाई स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गर्ने क्रम जारी छ ।
स्वर्गीय कृष्ण कुमार गुप्ताको पार्थिव शरीर नेपाल ल्याउने प्रक्रिया र अन्त्येष्टिको कार्यक्रमबारे परिवार तथा सम्बन्धित निकायबाट थप जानकारी आउने अपेक्षा गरिएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया