Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब

कपिलवस्तुको चन्द्रौटामा रहेको आधारभूत अस्पतालको करिब ३८ लाख रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको गम्भीर आशंका सार्वजनिक भएको छ । गत आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणका क्रममा अस्पतालका अभिलेखमा बैंक खातामा रकम जम्मा गरिएको देखाउने १२८ वटा भौचर भेटिए पनि वास्तविक बैंक विवरणमा भने उक्त रकम नदेखिएपछि प्रकरण बाहिर आएको हो ।

प्रारम्भिक अनुसन्धानले भौचर र बैंक विवरणबीच ठूलो असमानता देखाएको छ । अझ गम्भीर कुरा के भने, सम्बन्धित बैंकले ती भौचरमा प्रयोग गरिएको छाप नै ‘नक्कली’ भएको संकेत गरेको स्रोतले जनाएको छ। यसले आर्थिक हिनामिना योजनाबद्ध रूपमा गरिएको हुनसक्ने आशंकालाई थप बल पुर्‍याएको छ ।

यस विषयमा नगर प्रमुख अजय थापा को हस्ताक्षरमा बैसाख ४ गते पत्र जारी गर्दै वडा प्रहरी कार्यालय चन्द्रौटा लाई छानबिन गरी दोषीमाथि कारबाही गर्न भनियको छ । नगरपालिकाले घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धान प्रक्रिया अघि बढाएको छिटो भन्दा छिटो कार्वाहिको प्रक्रिया अघि बढाउन पत्र पठाएको मेयर थापाले बताए ।

यता अस्पतालका अध्यक्ष नेत्र बेल्वासेले उक्त रकम बैंक विवरणमा किन नदेखिएको हो भन्ने स्पष्ट पार्न बैंकलाई औपचारिक पत्र पठाइएको जानकारी दिएका छन्। बैंकबाट जवाफ आएपछि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइने बताइएको छ । कतिपयले बैकका कर्मचारि र अस्पतालका कर्मचारिको मिलोमत्तोमा रकम हिनामिना भएको आशका गरेका छन ।

घटनाले स्वास्थ्य संस्थाको आर्थिक पारदर्शिता र विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको छ। अबको छानबिनले वास्तविकता उजागर गर्दै दोषीलाई कानुनी दायरामा ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP