Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

विजयनगर-६ मा २ सय ४० विद्यार्थीलाई कपडा वितरण

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, ९ माघ ।

कपिलवस्तुको विजयनगर गाउँपालिका-६ मा २ सय ४० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । शुक्रबार वडा नम्बर ६ को वडा कार्यालय खडैचाले वडाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत बाल विकास केन्द्र र विपन्न तथा गरीब बालबालिकालाई स्विटर र टोपी वितरण गरेको हो ।

वडा कार्यालयकाे अनुसार ‘अध्यक्षसँग विद्यार्थी’ कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ का लागि स्वीकृत १ लाख रुपैयाँ बराबरकोकाे उक्त कपडा विद्यार्थीलाई उपलब्ध गराइएको छ ।

कार्यक्रममा बाेल्दै विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले शिक्षामा बालबालिकाको पहुँच बढाउन यस्ता सामाजिक सहयोग कार्यक्रमले ठूलो भूमिका खेल्ने बताए । उनलेे शैक्षिक सहभागिता र आत्मविश्वास अभिवृद्धि गर्ने उल्लेख गरे । आगामी दिनमा पनि गाउँपालिकाले विद्यार्थी केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने उनको भनाई छ ।

यस्तै उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले विपन्न परिवारका बालबालिकालाई लक्षित कार्यक्रमले पठनपाठनमा सहजता ल्याउने बताइन् । पढाइमा बालबालिकाकाे रुचि बढ्ने बताउँदै उनीहरूमा आत्मविश्वास बढ्ने उनले बताइन् । यसले सामग्रीले बालबालिकालाई थप प्राेत्साहित गर्ने उनलेे विश्वास व्यक्त गरिन् ।

यसैगरी वडा अध्यक्ष प्रेम बहादुर कलवारले वडा कार्यालयले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै कपडा वितरण गरिएको बताए । आगामी दिनमा पनि यस्ता सहयोग कार्यक्रम निरन्तर दिनेउनलेे प्रतिबद्धतासमेत जनाए ।

यस्तै वडा सचिव उमेश दाहालले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै सामुदायिक विद्यालयमा अध्ययनरत बाल विकास केन्द्रका साथै विपन्न बालबालिकालाई शिक्षाप्रति हाैसलाकाे साथै सुरक्षित र सहज वातावरण प्रदान गर्न यो पहल गरिएको बताए ।

उनलेे हरिबाेध माध्यमिक विद्यालय प्रेमगर, राम शरण आधारभूत विद्यालय जुडपानी, मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालय बद्धाैर र बाल विकास केन्द्र उज्ज्वलपुरलाई उक्त कपडा वितरण गरिएको जनाए ।

हरिबाेध माध्यमिक विद्यालयका प्रधानाध्यापक बालजी कलवारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अग्नी प्रसाल सापकोटा, स्थानीय अभिभावक, शिक्षक विद्यार्थीकाे उपस्थितिमामा उक्त कपडा वितरण गरिएको बताउँदै विद्यालय परिवारले वडा कार्यालयको यस पहलको प्रशंसा गर्दै खुशी व्यक्त गरे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP