Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

आईसीसी पुरुष टी–ट्वेन्टी विश्वकपअन्तर्गत आज तीनवटा खेल हुँदै

आजको पहिलो खेलमा पूर्व विजेता अस्ट्रेलिया र जिम्बाब्वेबीच प्रतिस्पर्धा हुँदैछ, जहाँ अस्ट्रेलिया आफ्नो दबदबा कायम राख्ने दाउमा छ।
जारी प्रतियोगितामा समूह बी का दुवै टोलीले एक–एक जित निकालेका छन्। यी दुई टोलीबीचको खेल कोलम्बोमा बिहान सवा ११ बजे सुरु हुनेछ।आजै हुने अर्को खेलमा क्यानडा र यूएई आमनेसामने हुँदैछन्। पहिलो खेलमा पराजित भएका समूह डीका यी दुई टोली आज पहिलो जित निकाल्ने प्रयासमा हुनेछन्। यी दुई टोलीबीचको खेल दिल्लीमा दिउँसो सवा ३ बजे सुरु हुने तालिका छ।तेस्रो खेलमा नेदरल्याण्ड्सले बलियो चुनौती प्रस्तुत गरिरहेको अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। यी दुई टोलीबीचको खेल चेन्नईमा साँझ सवा ७ बजे सुरु हुनेछ। सुपर एटको दौडमा रहेका यी सबै टोलीका लागि आजको नतिजा निर्णायक हुने देखिएको छ।हिजो सम्पन्न खेलमा भारतले नामिबियालाई ९३ रनको विशाल अन्तरले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ।
यता नेपाली क्रिकेट टोलीका लागि भने हिजोको दिन बिर्सनलायक रह्यो; जहाँ इटालीसँगको खेलमा नेपालले १० विकेटको अप्रत्याशित हार व्यहोर्नु पर्यो। यो पराजयले नेपालको अघिल्लो चरण प्रवेश गर्ने समीकरणलाई निकै कठिन बनाएको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP