Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद

भाेला गुप्ता

विजयनगर, १६ बैशाख ।

कपिलवस्तुको विजयनगर गाउँपालिका-५ अन्तर्गत चरगंहवा क्षेत्रबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल ल्याइएको ब्रोइलर कुखुरा, तयारी मासु र मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय गणेशपुरका अनुसार पूर्व-पश्चिम हुलाकी सडक खण्डको दक्षिण छेउमा बेवारिसे अवस्थामा राखिएको सामग्री फेला परेको हो । प्रारम्भिक अनुसन्धानका क्रममा भारतीय नम्बर प्लेट युपी ४३ एपी ३२९० नम्बरको मोटरसाइकलमार्फत चोरी पैठारी गरी ल्याइएको ५ वटा ब्रोइलर कुखुरा र करिब ५० केजी तयारी मासु बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद सामग्रीमध्ये कुखुरा र मासु पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ तथा पशु नियमावली २०५६ को दफा ९ र १० अनुसार नष्ट गरिएको प्रहरी निरीक्षक महेश कुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार प्रति कुखुरा रु.१ हजारका दरले ५ ओटा कुखुराको मूल्य रु.५ हजार र प्रति किलो रु.४ सयका दरले ५० केजी तयारी मासुको मूल्य रु.२० हजार गरी जम्मा रु.२५ हजार बराबरको सामग्री नष्ट गरिएको हो । साथै बरामद गरिएको मोटरसाइकलको अनुमानित मूल्य रु.६० हजार रहेको प्रहरीले जनाएको छ ।

 

उक्त कुखुरा र मासु इलाका प्रहरी कार्यालय गणेशपुरको पूर्वतर्फ रहेको बाँझो जमिनमा खाडल खनी माटोले पुरेर नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP