Trending
flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास

कपिलवस्तुमा ३७ जना भित्र डेंगु संक्रमित भेटिए:हेर्नुहोस कहा कति भेटिए

कपिलवस्तु

 कपिलवस्तुमा डेंगुको संक्रमण फैलिदै ३७ जना भित्र डेंगु संक्रमित  रोग भेटिएको छ  । डेंगु नियन्त्रणका लागि प्रभावकारी कदम नचाल्दा यसको संक्रमण बढदै गएको हो । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार जिल्लामा असोज ६ गते सम्म ३७ जनामा  डेङ्गु संक्रमित फेला परेको छ । जसमध्ये पिपरा अस्पतालमा ३३ र कपिलवस्तु अस्पतालमा ४ जना संक्रमति फेला परेको हुन ।

            स्वास्थ्य कार्यालयका बरिष्ठ जन स्वास्थ्य प्रशासक योगेन्द्र भगतले जिल्लामा डेंगु फैलिदै गएको बताए । जिल्लाका दुइ सरकारी अस्पतालमा डेंगुको परिक्षण गरिए पछि त्यसको संक्रमितहरु भेटिएको उनले बताए ।  २ सता अघि देखि ती दुई अस्पतालमा डेंगुको किट मार्फत परिक्षण गर्ने सुर गरिएको थियो । त्यस अघि जिल्लाका सरकारी अस्पतालमा डेंगु किट नहुदा परिक्षण हुदैन थियो । बाणगंगा नगरपालिकाले पिपरा अस्पताल र कपिलस्तु नगरपालिकाको वडा नम्बर १ ले कपिलस्तु अस्पताललाई डेंगु किट उपलब्ध गराएको छ ।

            त्यस यता मात्र जिल्लाका ती दुइ सकारी अस्पतालमा डेंगुको निःशुल्क परिक्षण हुदै आएको छ । पिरामा भेटिएका मध्ये २६ जना बाणगंगाका , ६ जना बुद्धभुमिका र १ जना रुपन्देहिको सैनामैनाका रहेको वाणगंगाका स्वास्थ्य शाखाका सह संयोजक कमल ज्ञवालीले बताए ।उनले बाणगंगा नगरपालिकाबाट डेंगु परिक्षणका लागि निःशुल्क किट वितरण गरेसंगै विरामीको चाप बढेको बताए । डेंगुका सामान्य विरामीका लागि यसै अस्पतालमा उपचार गरेको र केहीलाई बुटवल रिफर गरिएको अस्पतालकि मेडिकल अधिकृत रंजिता कुमार महत्वले बताईन । गत १ महिना यता उपचार गराउन आउनेहरु मध्ये अधिकासं विरामी डेंगु लागेको हुनसक्ने भन्दै ससंकित हुने गरेको उनले बताईन ।

            पछिल्लो समय भाईरलका विरामीको समेत चाप बढ्को छ । पिपरा अस्पतालमा दैनिकजसो ३ सय देखि ५ सय सम्म र कपिलस्तु अस्पतालमा दैनिक ढेड देखि दुई सय सम्म बिरामीहरु उपचारकालागि आउने गरेका छन । भाईरल ज्वरो र डेंगुको लक्षण मिल्लदो जुल्दो रहेकोले अस्पतालमा अहिले चाप निकै बढेको कपिलवस्तु अस्पतालका मेसु किशोर बन्जाडेले बताए । ‘ निःशुल्क जाच हुने भएकाले शंका लागे पछि बिरामीहरु उपचारमा आउछन ’ उनले भने । उता उपभोत्ता हकहीत संरक्षण मँचका सदस्य मनोज श्रीवस्तवले जिल्लामा रहेका १० पालिकाहरुले डेंगु नियन्त्रणकालागि प्रभावकारी कदम नचालेको बताए । ‘ केही पालिकाले डेंगुका बिषयमा चासो लिएका छन तर त्यो प्रर्याप्त छैन ’ उनले भने ।  उनले यस बिषयमा गाउ बस्तीमा सचेतना फैलाउनु पर्ने बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP