Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

बागलुङमा पहिरो , तीन बालबालिकाकोे मृत्यु

छविलाल पाण्डे, बागलुङ। गयरातिको अविरल बर्षातका कारण पश्चिम बागलुङमा ठुलो धनजनको क्षति भएको छ । बाढि पहिरोका कारण जिल्लाको निसीखोला गाउँपालिका १ हर्पमा एक घर पहिरोले बगाउँदा एक वालकको ज्यान गएको छ ।

रातको करिब एक बजेतिर घर माथिदेखि आएको पहिरोका कारण कमल परियारको घर पहिरोले बगाएको हो । घर पुरिँदा कमल परियारका ३ बर्षिय छोरा तोरण परियारको घटना स्थलमै ज्यान गएको छ । परियारकि श्रीमतीलाई स्थानियले उद्धार गरेका छन् । घर पूर्ण रुपमा क्षति भएको छ ।

त्यसैगरी , तमानखोला गाउँपालिका वडा नं.२ खोलेसबाङमा घर माथिदेखि आएको पहिरोले घर पुरिँदा दुई बालबालीकाको ज्यान गएको छ ।

गयराती साढे १ बजेतिर घरमाथिदेखि सडक भासिएर आएको पहिरोका कारण स्थानिय पान बहादुर बिकको घरमा पूर्ण क्षेति पुर्याउनुका साथै निजकै १३ बर्षिय छोरा खिमबहादुर बिक र १२ बर्षिय छोरी रिता विकको पहिरोले पुरिएर ज्यान गएको स्थानिय चुडामणी छन्त्यालले बताउनु भयो ।

पान बहादुर बिककी श्रीमती होमकुमारी बिकलाई घाइते अवस्थामा उद्धार गरीएको छ । उहाँको खुट्टामा चोट लागेको छ । विहान ६ बजेमात्रै पुरिएकाहरुको शव निकालीएको बोङगादोभान प्रहरी चौकि प्रमुख पदमबहादुर नेपालीले बताउनु भयो । पान बहादुर नेपाली बैदेशिक रोजगारीको क्रममा रहेको जनाइएको हो । सोहि पहिरोका कारण फुलमाया कामीको घरमा पूर्ण क्षति पुर्याएको छ ।

त्यसैगरी ढोरपाटन नगरपालिका वडा नं.२ अर्नाकोटमा समेत एक घरमा पहिरोले उच्च जोखिममा पुर्याएको छ ।स्थानिय मनबहादुर खत्रीको घर माथिदेखि आएको पहिरोका कारण घर उच्च जोखिममा रहेको हो । त्यसैगरी वडिगाड गाउँपालिका वडा नं.७गाँवमा एक घरमा क्षति पुगेका जनाइएको छ । घरमाथिदेखि आएको पहिरोका कारण सन्तबहादुर केशिको घर पूर्ण रुपमा क्षेति भएको जनाइएको छ ।

वडा नं.७ कै घोकर्णामा समेत एक घरमा क्षेति पुगेको दिनेश सर्माले बताउनु भयो । वडिगाड गाउँपालिका वडा नं. ६ सिस्नेरीमा मध्यपहारी लोकमार्ग माथिदेखि गएको पहिरोका कारण लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP