Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

वीरगञ्ज महानगर प्रमुखलाई कोरोना सङ्क्रमण, छिट्टै निको भएर फर्कने विश्वास

पर्सा – वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीलाई कोरोना सङ्क्रमण देखिएको छ । 

काम विशेषले काठमाण्डौ आएका महानगर प्रमुखलाई बाटोमा हल्का ज्वरो र घाँटीमा समस्या देखिएपछि परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । 

कोरोना पोजेटिभ भएको रिपोर्ट आएपछि उहाँले आफू आइसोलेशनमा बसेको सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ । 

आफूले वीरगञ्ज बासीलाई कोरोना भाइरसको सङ्क्रमणबाट बचाउन हर-सम्भव प्रयास गरे पनि समुदायस्तरमै फैलिएको र आफू पनि सङ्क्रमित भएको बताउनुभएको छ । उहाँले समयमा नै एक घर एक परीक्षण अभियान हुन नसक्दा नै वीरगञ्जमा कोरोना सङ्क्रमण फैलिएको दाबी गर्नुभयो । 

उहाँले अब पालिकाले मात्रै कोरोना सङ्क्रमण नियन्त्रण गर्न नसक्ने भन्दै सङ्घीय र प्रदेश सरकारलाई ठोस योजना ल्याउन आग्रह पनि गर्नुभयो । 

यस्तै वीरगञ्ज महानगरपालिकाका प्रमुख सरावगीले आफू कोरोना जितेर फेरि नागरिकको सेवामा फर्कने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP