Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

पुल बनेपछि मैनारबासीहरुमा खुसी छायो

माधव बेल्वासे,१६ साउन
कपिलवस्तुको शिवराज नगरपालिकाको विकट क्षेत्रको रुपमा रहेको मैनार गाउँमा रहेको मैनारी खोलामा पुल निर्माण भएको छ । संघिय सरकारको आर्थिक बर्ष २०७६÷०७७ मा झोलुङ्गे ट्रस निर्माण कार्यक्रम अन्तर्गत रु ३८ लाख ७९ हजार ८ सय रुपैया लागतमा उक्त ट्रस(पूल) निर्माण भएको वडा नं. ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो ।


शुक्रवार पुल उद्धघाट गर्दै मैनारी खोलामा पुल नहुँदा बर्षायाममा आवतजावत गर्न नसकिने अवस्था रहेकाले अब सहज हुने अध्यक्ष सापकोटाले बताउनुभयो । “पहिलो पटक निर्माण गरेको पुल सफल हुन सकेन,यस वर्ष सफल भएका छौ” अध्यक्ष सापकोटाले भन्नुभयो “स्थानियहरुको सहयोगले पुल निर्माण सफल भएको हो,।”
मैनारखोलामा गत वर्ष पुल निर्माण भएको र यस वर्ष चन्द्रौटा देखि मैनार गाउँ सम्मको सडक स्तरउन्नती गरिने सापकोटाले बताउनुभयो । थारु समुदायको बाहुल्यता रहेको मैनार,बुलकिया गाउँमा थारु होमस्टे संचालन गर्ने सकेमा पर्यटनको विकास हुने उहाँले बताउनुभयो ।
पुलको उद्घाटन गर्दै शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी चौधरीले पुल निर्माण पछि वडा नं. ३ अन्तर्गत मैनार र बुलाकीका गाउँका ३ सय बढि घर परिवार लाभान्वित भएको बताउनुभयो । पुल नहुदाँ विरामी र सुत्केरीलाई समयमा अस्पताल पु¥याउन समस्या रहेकोले अब त्यो समस्याको समाधान भएको उहाँले बताउनुभयो । गाउँवासीलाई वडा कार्यालयमा समेत जान समस्या रहेको बताउदै पुल निर्माण पछि आवतजावतमा सजिलो हुने उपप्रमख चौधरीले बताउनुभयो ।


पुर्व पश्चिम राजमार्ग देखि झण्डै ५ किलोमिटर दुरीमा रहेको उक्त गाउँका नागरिकहरुलाई पुल नहुदा बजार आउन निकै समस्या रहेको स्थानिय आशाराम थारुले बताउनुभयो । सुत्केरी र विद्यार्थीहरुलाई समस्या रहेको थियो थारुले भन्नभयो बर्षाको बेला बजार जान नसक्ने अवस्था थियो । पुल बनेपछि मैनार बुलाकीया गाउँका विद्यार्थीहरु खुसी भएका छन । पानी परेको समयमा विद्यालय जान नसक्ने अवस्था अब टरेको भन्दै अबका दिनमा नियमित विद्यालय जान सकिने बताएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP