Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

सप्तरी र धनुषाको जनकपुरधाम उप-महानगरपालिकामा निषेधाज्ञा

काठमाण्डौ – कोरोना सङ्क्रमणकाे जोखिम बढेपछि सप्तरी र धनुषाको जनकपुरधाम उप-महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।

सप्तरी जिल्लाभरि र धनुषाको जनकपुरधाम उप-महानगरपालिकामा भित्र एक हप्ताका लागि निषेधाज्ञा जारी भएको हो । सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्कर हरि आचार्यले सप्तरीमा अहिलेसम्म ५ सय ३१ जनामा कोरोना सङ्क्रमण भेटिएपछि आज बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभयो । 

अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, गाडी, पसल बन्द रहने पनि प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम अनावश्यक हिँडडुल, आवतजावत गर्न पाइँने छैन । 

त्यस्तै औषधि पसल, खाद्यान्न, अस्पताल तथा स्वास्थ्य सेवा केन्द्र, मालसमान ओसारपसार गर्ने र निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा आन्तरिक सुरक्षा कार्य, कृषि तथा पशुजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन, वर्कशपजस्ता अत्यावश्यक सेवाबाहेकका अनावश्यक आवतजावतमा निषेधाज्ञा लगाइएको छ ।

धनुषाको जनकपुरधाम उप-महानगरपालिकामा निषेधाज्ञा

धनुषाको जनकपुरधाम उप-महानगरपालिका भित्र गएराति १२ बजेदेखि एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईकाअनुसार उप-महानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि निषेधाज्ञा जारी गरिएको हो । 

राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरुबाहेक अरु सेवा २६ गतेसम्मका लागि बन्द गरिएको उप-महानगरपालिकाका प्रमुख लालकिशोर शाहले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP