Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

सिरहामा कोरोना संक्रमीत एक पुरुषको ज्यान गयो

लहान । सिराहको विष्णुपुर गाउँपालिका १ का ४० वर्षीय एक पुरुषको बिहीबार राति उपचारको क्रममा मृत्यु भएको छ ।बिहीबार राती कोशी अस्पताल विराटनगरमा उनको मृत्यु भएको हो ।

निमोनिया भई श्वासप्रश्वासमा समस्या भएका बिरामीको उपचारको क्रममा मृत्यु भएको विष्णुपुर गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवले जानकारी दिए । मृतक मंगलबार राति अस्पतालको आइसालेशनमा भर्ना भएका थिए ।

उपचारको क्रममा रहेका उनलाई कोरोनाको लक्षण देखिएपछि बिहीबार दिउँसो ११ बजे स्वाब संकलन गरी परीक्षणको लागि पठाएको थियो । प्रदेश जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणको रिपोट बेलुका ७ बजे कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

सिंहको मृत्युपछि आज विष्णुपुर गाउँपालिकामा बिहान ४ बजेदेखि दिउँसो ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । मृतकको सम्पर्कका सबै व्यक्तिको पिसिआर परीक्षण गरिने स्थानीय वडाध्यक्ष गोपिन्द्र यादबले जानकारी दिनुभयो ।

यो संगै सिरहामा कोरोना संक्रमणका कारण मृत्यु भएकाको सङ्ख्या २ पुगेको छ । गएको हप्ता सिरहाको गोलबजार नगरपालिका–१२ का कोरोना संक्रमित २३ वर्षीय एक युवकको उपचारको क्रममा धरानमा मृत्यु थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP