Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कृष्णनगर घटना : मृतकको शव दाहासंस्कार, कर्फ्यू भने कायमै

माधव बेल्वासे
कपिलवस्तु
कपिलवस्तुको कृष्णनगर घटनमा ज्यान गुमाएका २० वर्षीय सुरजकुमार पाण्डेको दाहासंस्कार गरिएको छ । प्रशासन सग भएको १० वुदे सहमति पश्चात साझ करिव ५ वजे स्थानिय सुरही खोलामा दाहासंस्कार गरिएको हो ।


लक्ष्मी पूजाको मूर्ति विसर्जनका क्रममा वुधवार वाट भएको विवादले उग्ररुप लिँदा प्रहरीको गोली चलाउँदा उनको ज्यान गएको थियो । पिडितको मागलाई सम्वोधन गर्दै १० वुदे सहमती पत्रमा सम्झौता भएपछी परिवारले उनको शव वुझेका थिए ।


सहमति भएका बुँदामा मूर्ति विर्सजन गर्न अवरोध गर्ने जमाल शाहँलाई कानुनी कारवाही गर्ने, मृतक सुरज कुमार पाण्डेको क्षतिपूर्तिका लागि गृह मन्त्रालयलाई सिफारिस गर्ने, मृतक पाण्डेलाई शहिद घोषणा गर्न सम्वन्धित निकायमा सिफारिस गर्ने, कृष्णनगर क्षेत्रमा आगामी दिनमा कुनै अप्रिय घटना हुन नदिनका लागि साझा पहल गर्ने, कफ्र्युलाई क्रमशः घटाउँदै लैजाने लगायतका बुँदामा सहमति भएको प्रशासन ले जनाएको छ ।


आज प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठले मृतकका हजुरवुवा ओमप्रकास पाण्डेलाई काजकृया गर्न भन्दै २५ हजार हस्तानतरण समेत गर्नुभएको छ । आज कृष्णनगरको अवस्था सामान्य भएपनि वुधवार विहान ११ वजे वाट सुरु भएको निषेधाज्ञा अझै पनि कायमै रहेको छ । वुधवार साझ जिल्ला सुरक्षा समितिको बैठक वसी मध्यरातमा प्रहरीले लक्ष्मीको मुर्ति नजिकै रहेको तलाउमा विसर्जन गरिएको थियो ।
सुरक्षा ब्यावस्था लाई मध्यनजर गर्दै कफ्र्यु कायमै रहने जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रहरी उपरिक्षक दिप शमसेर जवराले जानकारी दिनुभएको छ । अवस्था केहि सामान्य भएको भएपनि प्रर्दशनकारीहरु आक्रेशित भएको हुदा केहि समयको लागी कफ्र्यु कायमै रहने वताउनु भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP