Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

शिवराज ११ को स्वास्थ्य चौकीमा कण्डम अभाव

दिपक के.सी.
कपिलवस्तु मंसिर १०
कपिलवस्तुको शिवराज नगरपालिकाका स्वास्थ्य संस्थामा कण्डम अभाव भएको छ । विगत १५ दिन यता नगरको वडा नं. ११ मा रहेको स्वास्थ्य चौकीमा कण्डम अभाव भएको हो । सरकारले निशुल्क रुपमा उपलब्ध गराउने कण्डम स्वास्थ्य चौकी नभए पछि स्थानियलाई समस्या भएको छ ।
१५ दिन देखि कण्डम छैन , नगरपालिका संग माग गरेको भए पनि उपलब्ध भएको छैन स्वास्थ्य चौकी प्रमुख राजेश कुवरले बताए । सेवा ग्राही कण्डम लिन दिनहुँ आउने भए पनि छैन भनि फर्काउनु परेको छ उनले भने । स्वास्थ्य संस्थामा कण्डम समेत छैन भन्नु पर्दा लाज मर्दो भएको छ , नगरपालिकाको स्वास्थ्य शाखामा माग पनि गरेका छौं तर उपलब्ध भएको छैन ।
वडाको स्वास्थ्य चौकीबाट कण्डम संगै सिटामोल समेत नपाएको स्थानिय प्रभुनाथ कुर्मीले बताए । सामान्य टाउको दुखाइको औषधी लिन जादाँ समेत नपाइएको उनले बताए । स्वास्थ्य चौकीमा सिटामोल सकिएको पनि एक हप्ता भयो ,स्वास्थ्य चौकी प्रमुख कुवँरले भने । अव औषधी नै छैन विरामीलाई कहाबाट दिनु उनले भने । स्वास्थ्य शाखामा औषधी माग गरेको पनि धेरै भयो तर अझै औषधी आइपुगेन ।
शिवराज नगरपालिकाको सबै स्वास्थ्य चौकीमा कण्डम अभाव नभएर केहिमा मात्रै भएको स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टाईले बताए । कण्डम नगरपालिकाले खरिद नगर्ने केन्द्रबाट नै खरिद भइ जिल्लामा आउने र स्वास्थ्य चौकीको माग अनुसार जिल्ला जनस्वास्थ्यबाट ल्याउनु पर्ने भएकोले प्रकृया सुरु भइसकेको उनले जनाए । आफु भर्खरै स्वस्थ्य शाखामा आएकोले के कति स्टोकमा औषधीहरु कुन कुन छ भन्ने बारे पनि डाटा तयार नहुदाँ समस्या भएको उनले बताए । सिटामोल के कति छ छैन भन्ने बारे आफु अनभिज्ञ रहेको जनाउदै , अब स्टोरमा भएको औषधीको मात्रा हेरेर औषधी खरिद प्रकृया अगाडी बढाइने उनले जनाए । सुरुमा औषधी वितरण गर्दा कसैलाई धेरै कसैलाई थोरै गरेर वितरण गरिएको हुदाँ अहिले कुनै स्वास्थ्य चौकीमा प्रशस्त औषधी छ कुनैमा छैन, औषधी नभएका स्वास्थ्य चौकीमा धेरै औषधी हुने स्वास्थ्य चौकीबाट दिएर भए पनि विरामीलाई औधषी उपलब्ध गराइने भट्टराइले जनाए ।
जिल्ला जनस्वास्थ्यमा कण्डम अभाव नभएको तर स्वास्थ्य चौकी प्रमुखले माग गरे जिल्लाबाट प्राप्त गर्न सकिने एक स्वास्थ्य कर्मीले बताए । नाम नखुलाउने सर्तमा सिटामोल पनि स्टोरमा अभाव नभएको उनले बताएका छन ।एक दुई दिन अगाडी नै मैले लिएको हुँ अभाव भएको जस्तो लाग्दैन उनले भने । जिल्ला बाट आफुले सहजै कण्डम ल्याएर स्वास्थ्य चौकीबाट वितरण गरीरहेको उनले जनाए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP